Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशभरीका कार्यकर्ताले जोगाएको बताएका छन् । उनले पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले जोगाएको बताएका हुन् । बुटबलमा आयोजित कार्यकर्ता भेलामा ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको बताएका हुन् । ‘यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,’ उनले भने, ‘देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको छ ।’ एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको…
मोरङ: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरेका हुन् । यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेतलाई नियुक्त दिइएको छ । नवनियुक्त मन्त्रीहरुको प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट शपथग्रहण तयारी भइरहेको छ ।
काठमाडौँ: बितेको २४ घण्टामा देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री आचार्यले दुई मन्त्री र ३ जनालाई राज्यमन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । तर राज्यमन्त्री बन्न आचार्यले गरेको आग्रहलाई तीन सांसदले अस्वीकार गरेका छन् । एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी र उदयपुरका सांसद बिमल कार्कीले राज्यमन्त्री पद अस्वीकार गरेका छन् । त्यसैगरी राजकुमार ओझाले पनि राज्यमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। शेरधन राई नेतृत्वको अघिल्लो सरकारमा ओझा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेका थिए । उदयपुरका सांसद विमल कार्कीले मुख्यमन्त्रीले आफूलाई राज्यमन्त्री बन्न प्रस्ताव गरेपनि आफूले अस्वीकार गरेको बताए । कार्की निकट सांसदहरूका…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ। सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो। आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्।
काठमाडौं: सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो। सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार २ सय रुपैयाँमा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १७९०.६३ डलर रहेको सुन बुधबार बढेर प्रतिऔंस १८०३ .२२ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि मंगलबारका तुलनामा बुधबार बढेको छ। मंगलबार प्रतिऔंस २३.६६ डलर थियो, बुधबार २३.७२ डलर…
काठमाडौँ: नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने एका छन् । आगामी डिसेम्बरसम्म आयोजना निर्माणको ढाँचा र प्रक्रियाका बारेमा छलफल गरी अन्तिम निष्कर्ष निकालिनेछ । नेपालका तर्फबाट बङ्गलादेशलाई विभिन्न पाँच आयोजना प्रस्ताव गरिएको थियो । तीमध्ये बङ्गलादेशले सुनकोशी तेस्रोमा सहमति जनाएपछि मंगलबार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले सो परियोजना अगाडि बढाउने निर्णय गरेको हो । सरकारीस्तरमा नै आयोजना जलविद्युत् आयोजना निर्माणका लागि भएको सहमति यो पहिलो हो । दुई देशको संयुक्त बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशका विद्युत् ऊर्जा, तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद…
काठमाडौँ: नेपाल भारत रेल सेवा सुरुवात भएको १७ वर्षपछि बुधबार पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आईपुगेको छ । हल्दीयबाट डेढ दिन लामो समयपछि पहिलो निजी कार्गो रेल वीरगन्ज आईपुगेको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बुधबार बिहान १० बजे वीरगन्जस्थित सुख्खा बन्दरगाह आईपुगेको जानकारी दिए । उनका अनुसार हल्दियाबाट खाद्यन्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको हिन्द टर्मिनल प्रालीको एक ¥याकको कार्गो रेल बुधबार वीरगन्जस्थित सुख्खा बन्दरगाह आएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सँगै नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गने बाटो खुलेका छ । दुई दुशबीचको…
काठमाडौँ: राष्ट्रिय जनगणना २०७८ अन्तरगत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरणको काम शुरु भएको छ । यो काम असोज १८ सम्म २० दिन सञ्चालन हुनेछ । यस अवधिमा करिब ७० लाख घरपरिवारको विवरण संकलन गर्न ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् । तथ्यांक विभागका निर्देशक ढुण्डीराज नागहरेका अनुसार जनगणनाको स्थलगत सर्वेक्षणका दुई चरणमध्ये घर तथा घरपरिवार सूचीकरण पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा करिव ४० हजार गणकहरुले कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन घरघरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । केन्द्रीय तथ्यांक विभागले सुपरीवेक्षकलाई ६ वटा जिम्मेवारी तोकेको छ । उनीहरुले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने,…
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौँमा बस्ने भएको छ। पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो। बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ। नेकपा (एमाले) बाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको छ। पार्टीका अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटिका साथै सचिवालय,…
