Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ। स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालनमा छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय भएको बताए। कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक बसेको थियो। उक्त बैठकले पहिले नै ‘रूटिन’ निकालिसकेका र परीक्षा चलिरहेका सबै संकायका परीक्षा यथावत् सञ्चालन गर्ने निर्णय गरेको हो। ‘वार्षिक प्रणालीका परीक्षा साउन २९ गते सकिन्छ। सेमेस्टर प्रणालीका परीक्षा…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.६ प्रतिशत रहेको छ ।

Read More

काठमाडौँ: स्पेनिस क्लब बार्सिलोनाको २१ वर्षे करिअर टुंग्याएका लियोनल मेस्सी फ्रान्सेली क्लब पीएसजीमा जाने भएका छन्। पीएसजीमा जाने सैद्धान्तिक सहमति भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। मेस्सीले आइतबारमात्रै बार्सिलोनामा विदाइ पत्रकार सम्मेलन गरेका थिए। सोही सम्मेलनमा उनले आफू पीएसजीमा जानसक्ने संकेत गरेका थिए। लगत्तै पीएसजीमा मेस्सी अनुबन्ध हुने समाचार सार्वजनिक भएको हो। पीएसजीमा बार्सिलाेनामा मेस्सीसँगै फुटबल खेलेका ब्राजिलका स्टार नेमारसमेत रहेका छन्। बार्सिलोनामा आफ्नो विदाई पत्रकार सम्मेलनका क्रममा समेत मेस्सीले पीएसजीमा जान सक्ने तर सम्झौता भइनसकेको बताएका थिए।

Read More

काठमाडौँ: सरकारले चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिने भएको छ। गठबन्धनका तर्फबाट आज सरकारका साझा कार्यक्रम सार्वजनिक गर्दै चैतभित्र सबैलाई निशुल्क रूपमा कोरोना खोप दिइने घोषणा गरिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रीहरू पनि उपस्थित थिए। सरकारका साझा कार्यक्रम कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए। खड्काका अनुसार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा चैतसम्म सबै जनतालाई निशुल्क रूपमा कोरोना खोप दिने उल्लेख…

Read More

काठमाडौं: संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम मार्फत सरकारले केपी शर्मा ओली सरकारको चुरेको गिट्टी बालुवा निर्यात गर्ने योजनालाई रोक लगाउने घोषणा गरेको छ। चालु आर्थिक वर्षको बजेट अध्यादेश मार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले व्यापार घाटा नियन्त्रणका लागि ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने र त्यसको ढुवानीका लागि खानी क्षेत्रबाट सीमा क्षेत्रसम्म केवलकारको निर्माण गर्ने घोषणा गरेका थिए। सर्बोच्च अदालतले अहिले यो कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत दिइसकेको छ। संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा यसलाई रोक लगाउने घोषणा गरिएको छ। ‘पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने,’ अगाडि भनिएको छ, ‘चुरे क्षेत्रको उत्खनन गरी ढुंगा,…

Read More

काठमाडौँ: संयुक्त सरकारले कोरोनाका कारण संकटग्रत भएका उद्योग व्यवसायका लागि विषेश आर्थिक प्याकेज ल्याउने भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रममा तोकिएको ११ प्रथामिकतामा कोरोना प्रभावितालाई पनि समावेश गरेको हो । संयुक्त सरकारले उत्पादनमस्खी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने लगायतका विषयलाइ विषेश प्रथमिकतामा राखेको छ । त्यती मात्र नभै सरकारले कोभिड १९ को महामारीमा नागरिकको जिवन रक्षा गर्ने, विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसंग भएका सहमतिहरुको कार्यान्वयन गर्ने लगाउतका संयुक्त कार्यक्रम तय गरेको छ । सरकारले विषेश गरी न्यूनतम साझा कार्यक्रमका प्राथमितामालाई विभिन्न ११…

Read More

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् । संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन् । उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मर्म र भावना अनुसार परिषदको बैठक र निर्णय सम्बन्धी कार्यविधिको पालना गरी भए/गरेका निर्णय र कामकारबाहीले सभामुखको कुनै पनि हकमा आघात पुग्न नगएको । रिट निवेदन खारेज गरी पाऊँ ।’

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा कारोबार रकम १४ अर्ब ३० करोड नाघेको छ । यसदिन जलविद्युतको सूचक ३.३३ र विकास बैंक सूचक १.३२ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा पनि शीर्ष दश ठूलो कारोबार सबै जलविद्युत कम्पनीका रहेका छन् । अपि पावरको सर्वाधिक ८१.८५ करोडको शेयर कारोबार भएको छ भने अरुण भ्याली र युनिभर्सल पावरको पनि ५० करोड बढीको शेयर कारोबारमा आएको छ । ङादी ग्रुप पावर, बुटवल पावर, राधी विद्युत कम्पनी, अरुण काबेली पावर, सानिमा माइ हाइड्रोपावर, अपर तामाकोशी र सिनर्जी पावरको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको…

Read More

एजेन्सी: अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले बार्सिलोना क्बल छाड्ने विषयमा आज पत्रकार सम्मेलन गर्ने भएका छन्। २१ वर्षको आबद्धतापछि उनी बार्सिलोनाबाट बाहिरिने कुरा क्लबले यसअघि नै जानकारी गराइसकेको छ। तर यस विषयमा आज मेस्सी आफैंले जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्। स्थानीय समयानुसार आइतबार मध्याह्न १२ बजे मेसीले स्पेनको बार्सिलोनामा पत्रकार सम्मेलन आयोजना गर्ने बार्सिलोनाले आफ्नो वेब साइटमार्फत जानकारी दिएको छ। पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बार्सा टीभी प्लसमा हुने पनि जनाइएको छ। बार्सिलोनाबाट बिदाइका क्रममा मेसीले आफ्ना धारणा राख्नाका साथै पत्रकारका जिज्ञासाको जवाफ पनि दिने बताइएको छ।

Read More

काठमाडौँ: आइतबार बिहान देशका अधिकतर स्थानमा मौसम बदली छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश १ र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More