काठमाडौँ: आइतबार बिहान देशका अधिकतर स्थानमा मौसम बदली छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश १ र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
Facebook Comments Box