काठमाडौँ: स्पेनिस क्लब बार्सिलोनाको २१ वर्षे करिअर टुंग्याएका लियोनल मेस्सी फ्रान्सेली क्लब पीएसजीमा जाने भएका छन्।
पीएसजीमा जाने सैद्धान्तिक सहमति भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
मेस्सीले आइतबारमात्रै बार्सिलोनामा विदाइ पत्रकार सम्मेलन गरेका थिए। सोही सम्मेलनमा उनले आफू पीएसजीमा जानसक्ने संकेत गरेका थिए।
लगत्तै पीएसजीमा मेस्सी अनुबन्ध हुने समाचार सार्वजनिक भएको हो। पीएसजीमा बार्सिलाेनामा मेस्सीसँगै फुटबल खेलेका ब्राजिलका स्टार नेमारसमेत रहेका छन्।
बार्सिलोनामा आफ्नो विदाई पत्रकार सम्मेलनका क्रममा समेत मेस्सीले पीएसजीमा जान सक्ने तर सम्झौता भइनसकेको बताएका थिए।
Facebook Comments Box