Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: साधारण शेयरमा आवेदन गर्नेहरुको संख्या बढ्ने क्रममा जीवन विकास लघुवित्तले नयाँ रेकर्ड कायम गर्ने भएको छ । निष्काशन सुरु भएको तीन कार्य दिनमा नै लघुवित्तको शेयरमा १८ लाख ४० हजार ३७ वटा आवेदन परेको छ । मंगलबार शेयर निष्काशन बन्द हुने लघुवित्तको शेयरमा अझै लाखौंको संख्यामा आवेदन पर्ने देखिन्छ । आइतबार साँझसम्ममा १५ लाख बढीले आवेदन गरेकोमा सोमबार मात्र झण्डै साढे ३ लाख आवेदक थपिएका हुन् । केन्द्रीय निक्षेप प्रणालीका अनुसार उल्लेखित आवेदकले लघुवित्तको २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर माग गरेका छन् । यो तथ्यांक सोमबार साँझ ५ बजेसम्मको हो । लघुवित्तले गत शुक्रबारदेखि…

Read More

काठमाडौँ: टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्। प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत बाँस्तोला अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि निर्देशक नियुक्त भएका हुन्। डा. बाँस्तोला यसअघि टेकु अस्पतालमै प्रवक्ताको भूमिकामा समेत थिए। उनले आज (सोमबार) देखि नै निर्देशकको जिम्मेवारी सम्हालेका छन्। उनी कोरोना संक्रमितको उपचारमा सुरूआतदेखि नै खटिँदै आएका छन्। बाँस्तोलाले टेकु अस्पताललाई महामारीको बेलामात्र नभएर अन्य समयमा पनि केन्द्रमा ल्याउने गरी काम गर्ने बताए। ‘अहिलेसम्म टेकु अस्पताल खाली महामारीको बेला मात्र केन्द्रमा पर्ने गरेको छ तर अब अन्य बेलामा पनि केन्द्रमा पर्ने गरी काम गर्छु,’ उनले भने।

Read More

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति कटाक्ष गरेका थिए। नेता नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बौलाह कुकुरले टोकेको छ र भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीको थियो। प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको केही समयपछि संघीय संसद भवनमा विपक्षी गठबन्धनले वुद्धिजीविसँग गरेको छलफलमा नेता नेपालले प्रधानमन्त्रीले बोलेको कुरा रेकर्ड गरेर राख्नुपर्ने बताए। नेता नेपालले राम्रो प्रणाली मात्र भएर नहुने र संस्कार चाहिने बताएका थिए। प्रधानमन्त्री ओलीमा संस्कार नभएको उनको टिप्पणी थियो। ‘उहाँको भाषण रेकर्ड गरेर राख्नुहोला। राम्राराम्रा कुरा बोल्नुभएको…

Read More

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा सदस्यलाई दलको अनुशासन उल्लंघन गर्ने अधिकार नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिरक्षामा बहस गर्दै महान्यायाधिवक्ता बडालले दलीय व्यवस्थामा अर्को दललाई समर्थन गर्न नमिल्ने जिकिर गरे । ‘एउटा दलबाट निर्वाचित हुने अनि अर्को दलको सांसदलाई प्रधानमन्त्री बनाऊ भनेर अदालत आउने ? यही हो दल भनेको ? हाम्रो संविधानले यही भन्छ ?’ उनले प्रश्न गरे । महान्यायाधिवक्ता बडालले दलभित्र अल्पमतमा रहेको पक्षले आफूले भनेजस्तो भएन भनेर जथाभावी गर्न नपाउने बताए । ‘दलभित्र पराजित हुने अनि दलभित्र मैले शासन गर्न पाउनुपर्छ भन्न मिल्छ ? त्यो त होइन होला । दलको टिकट लिएर…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको शंका ब्यक्त गरेका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए । बरु सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको भन्दै उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’ संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुन नहुने प्रचण्डले बताए । तर कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले…

Read More

काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् । कुन जिल्लामा कति संक्रमित थपिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५५, झापामा १९३, मोरङमा ११६, ललितपुरमा ११२, सुनसरीमा ९४, चितवनमा ८०, कास्कीमा ७९, नवलपरासी पूरुवमा ६०, मकवामनपुरमा ४९, भक्तपुरमा ४७, धादिङमा ३८, नुवाकोटमा ३२, काभ्रेपलाञ्चोकमा…

Read More

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएमा अदालतले राजनीतिमा हात हालेको ठहरिने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गरेका उनले रिट निवेदकले माग गरेअनुसार देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी हुन नसक्ने जिकिर गरे । धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा १४९ सांसदको हस्ताक्षरसहित दावी गरेका देउवाको दावी राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि उनले १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दिएका थिए । १४६ सांसदको मुख्य माग राष्ट्रपतिको निर्णय बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्छ भन्ने छ । तर महान्यायाधिवक्ता बडालले त्यसरी…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन् । प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन् । ७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ? उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’ नेता नेपालले अहिले अध्यक्ष, त कहिले प्रधानमन्त्रीको…

Read More

काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा एक वक्तव्य जारी गर्दै नेता नेपालले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गरिएको बताए । ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंक (ADBL) लाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बैंकले बोर्डबाट असार १० गते बिहीबार १२ अर्ब रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता इकाई ऋणपत्र निष्कासन गर्ने अनुुमति पाएको हो । बैंकले जारी गर्ने एग्रिकल्चर बोन्ड ८ र ९ वर्षे अवधिको रहेको छ । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Read More