काठमाडौँ: नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंक (ADBL) लाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।
बैंकले बोर्डबाट असार १० गते बिहीबार १२ अर्ब रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता इकाई ऋणपत्र निष्कासन गर्ने अनुुमति पाएको हो ।
बैंकले जारी गर्ने एग्रिकल्चर बोन्ड ८ र ९ वर्षे अवधिको रहेको छ । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याजदर पाउनेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
Facebook Comments Box