Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । प्रहरी समायोजन अघि बढाउन गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव थानेश्वर गौतम सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् । मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहनेगरी पाँच सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । प्रशासन माहाशाखामा हाल महाशाखा प्रमुख तोकिएका छैनन् । महाशाखा प्रमुख कसलाई राख्ने भन्नेबारे निर्णय हुनुअघि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासन पनि हेरिरहेका छन् । कानुनअनुसार…
विश्वकप क्रिकेट लिग २ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो । काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए । बिहानीको सत्रमा ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै…
काठमाडौँ: कृषि व्यवसाय गरी कृषिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । शुक्रबारदेखि बनेपामा सञ्चालन भएको काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सवमा कृषि क्षेत्रमा लाग्ने छ किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सिन्धुपाल्चोक जिल्लाबाट ट्राउट माछा उत्पादन गर्नुहुने हेलम्बु गाउँपालिका–४ का दीपककुमार लामिछानेलगाएतलाई पुरस्कार प्रदान गर्नु भएको थियो । लामो समयदेखि कृषि पेशामा संलग्न रही आलु तथा आलुको बीउ उत्पादन गर्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ का राजेन्द्र थापा, आलु उत्पादन गर्ने पाँचखाल नगरपालिका–१२ का बद्रिप्रसाद ढुङ्गाना र पशुपालन व्यवसायमा लाग्नुभएका बेथानचोक गाउँपालिकाका रुपेश पाख्रिनसम्मानित हुनु भएको…
काठमाडौँ:बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। सुरक्षा व्यवस्थालाई बेवास्ता गरेको भन्दै आयोगले उक्त घटनामा मन्त्री ज्वालाको दोष देखिएको आयोग स्रोतले बताएको छ। ‘मन्त्रीज्यूले सुरक्षा अवस्थाबारे जानकारी नलिई घटनास्थलमा पुगेको देखिएको भन्ने छ। उहाँले यसबारे नैतिक जिम्मेवारी समेत लिन चाहनुभएको देखिएन,’ स्रोतले भन्यो। आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ। मन्त्री ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगको ठहर छ।उक्त समितिले मन्त्रीको मुख्य दोष देखिएको भने पनि निलम्बित दुई प्रहरी अधिकारीको पनि केही कमजोरी औंल्याएको छ। डिएसपी उमेश लम्साल र…
काठमाडौं: नेपाल एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले स्तब्ध भएको छ । यससँगै तेस्रो पटक फाइनल खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताइन् । मलेसियालाई अन्तिम ६ बलमा ११ रन जितको लागि चाहिएको थियो । पहिलो बलमा हन्टरले कविता कुँवरलाई चौका प्रहार गरेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो । दोस्रो बल अफ साइडमा डट राखिन् । तेस्रो…
काठमाडौँ: आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए । राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ ।
काठमाडौँ: विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिहरूको नाममा पुर्याएर भ्रष्टाचार गरेको अभियोगमा १३० जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा भ्रष्टाचार मुद्दामा बिहीबार फैसला गरेको हो। दुई पूर्वसचिव दिप बस्न्यात र छविराज पन्त सहितका कर्मचारीहरू, नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरका परिवारका सदस्य, व्यापारी मिनबहादुर गुरूङ, भू-माफिया भनेर चिनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, नक्कली मोही बनेका व्यक्तिहरू, बकस लिनेहरू लगायत १३० जनालाई विशेष अदालतले यो मुद्दामा दोषी ठहर्याएको हो। के कसुरमा कसलाई कति भयो सजाय? विशेषले अदालतले २०४९ सालमा ललिता निवासको जग्गा व्यक्तिका नाममा पुर्याउने…
काठमाडौं: पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । नेपाल आयल निगमले शुक्रबार विहान १ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यबृद्धि गरेको छ । नयाँ मूल्य अनुसार काठडमाडौैं उपत्यकामा शुक्रबार विहानदेखि नै पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेल १६० रुपैयाँ पर्ने भएको छ । निगमले अहिले उपत्यकामा बिक्री गदै आएको मूल्य पेट्रोल १७० र डिजेल १५६ प्रतिलिटर छ । निगमलाई भारतले पठाएको पछिल्लो मूल्य सूची अनुसार पेट्रोलमा १ रुपैयाँ ८३ पैसा र डिजेलमा १ रुपैयाँ ५६ पैसा बढेर आएकोले सोही मूल्यको अनुपातमा निगमले ग्यास बाहेकमा मूल्य बृद्धि गरेको हो । ग्यासमा भने नयाँ मूल्य सूची अनुसार…
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ पूर्वमन्त्रीले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला सुनाउने क्रममा उनीहरूलाई बिहीबार सफाइ दिएको हो। यस मुद्दाका हाइप्रोफाइल अभियुक्तमध्ये सर्वाधिक उच्च पदमा रहेका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका हुन्। मन्त्रिपरिषद्को निर्णयमा मन्त्रीको एकल भूमिका नहुने विशेष अदालतको तर्क छ। गच्छदारले उपप्रधान तथा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री छँदा आफ्नो अधिकारक्षेत्रमै नपर्ने बालुवाटारको जग्गासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको अख्तियारको अभियोग थियो। उनले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रमा हस्तक्षेप गरी अख्तियारको दुरुपयोग गरको अभियोगपत्रमा उल्लेख थियो। उनीबाट ९…
बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय सुनाएको छ। विशेषले गुरुङसहित बालुवाटारको जग्गा आफ्नो नाममा पारेको घटनामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाउने फैसाल गरेको हो। विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो। यो मुद्दा यसअघि सबैभन्दा बढी धरौटी तिरेर भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ छुटेका थिए। तर विशेषले २०७७ माघ २१ गते २ करोड धरौटी माग गरेपछि छुटेका मीनबहादुर अन्तिम फैसलामा दोषी ठहर भएका छन्।
