Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो (साउन) मा विदेशी मुद्राको सञ्चिति २८ खर्ब ६ अर्ब रूपैयाँ पुगेको छ। डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति २० अर्ब ३ करोड डलर छ। रेमिटेन्समा भइरहेको वृद्धिले विदेशी मुद्राको सञ्चिति बढाएको हो। पछिल्लो ३० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। साउनमा १ खर्ब ७७ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो। यो अवधिमा रेमिटेन्स भित्रिने दर २९.९ प्रतिशतले बढेको हो। मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १६ महिना २० दिनको वस्तु तथा…
काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मा एक खर्ब ७७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्ष २०८१/८२ यही महिना (साउन) मा भने एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर २९.९ प्रतिशतले बढेको हो। पछिल्लो ३० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। यो महिना (साउन) मा १ अर्ब २५ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा ४३ करोड रूपैयाँ बाहिरिएको थियो। पहिलो महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष यो अवधिमा ५९…
काठमाडौँ: अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्वतयारी नभएका र प्राथमिकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुने समेत बताएका छन्। खनालकै अध्यक्षतामा केही समयअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोग बनेको थियो। उनले अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए। सोमबार गोपिनयताको सपथ तथा पदभार ग्रहणसँगै अर्थमन्त्रालय पुगेका अर्थमन्त्री खनालले शुवेच्छकहरूबाट खादा लगाउन मानेनन्।अर्थमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपनि उनले यो अवधिमा तलब,…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रालयमा आई पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । ‘देशको आर्थिक अवस्था जटिल रहेकोले बक्यौता उठाउनु पर्ने छ,’ पदभार ग्रहण कार्यक्रममा उनले भने, ‘सबैले सहयोग गर्नुहोस् ।’ भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री घिसिङले आफूले पाउने तलब भत्ता तथा सुविधा जेन–जी आन्दोलनका सहिदका नाममा स्थापित हुने कोषमा जम्मा गरिदिने पनि बताएका छन् ।
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले गत साता चलेको जेन-जी प्रदर्शन क्रममा ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह गरेकी छिन् । सिंहदरबारमा आइतबार पदभार ग्रहण गरी उच्चपदस्थ सरकारी अधिकारीहरूसँग परिचयात्मक कार्यक्रम राखेकी कार्कीले आफ्नै मुलुकका जनताको पहलमा संरचना तयार गर्न सकिने बताइन् । ‘मैले हिजोअस्ति पनि भनेँ – किन हामी आफ्नै तर्फबाट आफ्नै मुलुकका जनताबाट पहल गरेर ती कुराहरू पूरा किन नगर्ने ? सानोतिनो भए पनि तराईमा किन हामी बाँसका भाँटा जोडेर भए पनि प्रहरीको बीट किन नबनाउने ? एउटा सस्तो हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?’, कार्कीले भनिन् । नेपालीहरूमा क्षमता रहेछ भन्ने थाहा दिनुपर्ने…
काठमाडौं: जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर करिब ७२ जनाको मृत्यु भएको मुख्य सचिव अर्यालले बताए । मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले भत्केका संरचनाहरू क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार फर्काउने तयारी भएको छ । कारागार व्यवस्थापन विभागका प्रवक्ता सोमेन्द्र न्यौपानेका अनुसार लामिछाने कारागार पुगिसकेका छन् । ललितपुर प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पनि रविको कागजी प्रकिया पूरा गर्ने काम भइरहेको जानकारी दिएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नक्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए । त्यसयता लामिछानेले पटक पटक आफू प्रक्रिया पुर्याएर मात्र कारागारबाट बाहिरिएको प्रष्टोक्ति दिँदै आएका थिए । शनिबार दिउँसो भने उनले आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएको उल्लेख गरेका छन्। ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।’ पौडेलले सम्हालिदै आगामी चुनावमा सहयोग गर्न अपिल समेत गरेका छन्। ‘तसर्थ, बडो जुक्तिले प्राप्त…
काठमाडौँ: नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसप्रति असहमति जनाएको छ। एमालेले शनिबार जारी गरेको प्रेस वक्तव्यमा राष्ट्रपतिले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि सोही दिन गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाएको छ। ‘विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय स्वयम् सर्वोच्च अदालतले फैसला गरिसकेको छ,’ महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी अदालतको सोही व्याख्या अनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेकोमा स्पष्ट छ। तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति…
काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन्। शनिबार एक भिडिओ सन्देश जारी गर्दै उनले न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वासहित कारागार जान लागेकोब ताएका हुन्। ‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो,’ उनले भनेका छन्, ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।’ उनले आफू कारागारबाट निस्केको नभइ निकालिएको बताएका छन्। कागरागार जोगाउन आफूलाई लिनकालिएको लामिछानेको दाबी छ। ‘त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो,’ उनले भनेका छन्, ‘अहिले चिठि नै वैधानिक…