Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला (सोमबार बिहान) पहाडी भेगमा आंशिक बदली भएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महााशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ। मौसमविद्का अनुसार आंशिक बदली भनेको २६ देखि ५० प्रतिशत आकाश बादलले ढाक्नु हो भने सामान्यतया सफा भनेको आकाशमा बादल एकदमै कम हुनु हो। महाशाखाका अनुसार आज दिउँसो पनि पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ। महाशाखाका अनुसार राति पहाडी भेगमा आंशिक बदली…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा भएका मानव अधिकार उलङ्घनका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्तअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएका छन्। मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ती आयोगसम्बन्धी कानुनमा विद्यमान कानुनमा परिमार्जन र संशोधन गर्न सङ्घीय संसद्मा विधेयक पेस गरिएको जनाए। मानव अधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायको साझा उपलब्धि र आधारभूत मापदण्डको रूपमा लिइएकाले सबै प्रकारका अधिकारहरूलाई नेपालको संविधानमा प्रत्याभूत गरिएको प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले…

Read More

काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हरिबोल गजुरेलले स्वीकृत भएपछि मात्रै सबै कुरा खुलाउने बताएका छन्। आइतबार अपरान्ह यस बारे कुरा गर्दै गजुरेलले आफूले २० गते नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा अहिलेसम्म स्वीकृत नभएकोले सबै कुरा नखोल्ने बताए। ‘मैले कारण खुलाएर प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको छु,’ गजुरेलले भने, ‘बाहिर अनेक हल्ला भए पनि यथार्थ पत्रमै खुलाएको छु।’ गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत हुन्। उनलाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए।

Read More

काठमाडौँ: एनसेलको सेयर खरिद बिक्री छानविन समितिले काम सुरु गरेको छ। मंसिर २१ गते मन्त्रिपरिषद्को निर्णयअनुसार ३० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी समितिले काम सुरु गरेको हो। समिति संयोजक टंकमणि शर्मा दंगालले अध्ययन तथा छानविनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायह कम्पनीहरुसंग छलफल गर्ने बताएका छन्। ‘एनसेलको सेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा यससँग सम्बन्धित प्रमाणहरूमा भएका समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई सहयोग गर्न आह्वान गर्दछ,’ शर्माले विज्ञप्ती जारी गर्दै उल्लेख गरेका छन्।

Read More

काठमाडौँ: एसीसी यू-१९ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपालले हार व्यहोरेको छ। जम्सिद जड्रानको शतकमा एसीसी अफगानिस्तानले जितका लागि दिएको २ सय ६२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ७३ रनले पराजित भएको हो। लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्रै जीवित छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ। नेपालमाथिको जितले अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना भने जिवितै छ। अफगानिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो। अफगानिस्तानले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग भिड्नेछ।

Read More

काठमाडौँ: सेयर बजारमा आज उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आज नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ । आज बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नबित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। नेप्सेमा आज तीनपटक सकारात्मक सर्किट ब्रेक भएको थियो । यस दिन जम्मा ९ मिनेट मात्रै शेयर कारोबार भएको छ। नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र ६ प्रतिशतले बढे दिनभरका लागि कारोबार बन्द हुन्छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक…

Read More

काठमाडौँ: मधेश प्रदेश सरकारको टोलीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ। त्यसक्रममा उनीहरुले संविधानमा व्यवस्था भएबमोजिमका कानुनहरु यथाशिघ्र छिटो निर्माण गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनीहरुले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। यसअघि मधेश सरकारले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई अल्टिमेटम दिएको थियो। अल्टिमेटम अवधि पूरा भएपछि मधेश सरकारको टोलीले प्रधानमन्त्रीलाई भेटेर माग पूरा नभए संघर्षमा जाने चेतावनी दिएको छ। जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता…

Read More

काठमाडौँ: भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । निर्यात प्रतिबन्ध आगामी मार्च २०२४ सम्म कायम रहने विदेश व्यापार महानिर्देशालयले जनाएको छ । यसअघि भारतले वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै प्याज निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । प्याज निर्यातमा न्यूनतम मूल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र…

Read More

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनायो ।

Read More

काठमाडौं: यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यसअवधिमा दैनिक रुपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ । चालु आर्थिक वर्ष २०८०÷८१को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३…

Read More