काठमाडौँ: भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
निर्यात प्रतिबन्ध आगामी मार्च २०२४ सम्म कायम रहने विदेश व्यापार महानिर्देशालयले जनाएको छ ।
यसअघि भारतले वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै प्याज निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । प्याज निर्यातमा न्यूनतम मूल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो ।
सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ ।
