Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर १ को पहलमा स्थानीय वृद्धवृद्धाहरुको आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया निशुल्क रुपमा सम्पन्न गरिएको छ। वडाका अध्यक्ष रामेश्वर लामाका अनुसार १४ जना वृद्धवृद्धाहरुको आँखाको शल्यक्रिया डा. सन्दुक रूइतको नेतृत्वको टोलिले तिलगंगा आँखा अस्पतालमा आइतबार सम्पन्न गरिएको हो। वडामा महिना दिन अघि सम्पन्न आँखा शिबिरमा जाँच गराएका मध्ये, ५० जनाको आँखाको शल्यक्रिया गर्नु पर्ने देखिएकोमा शल्यक्रियाको लागि भने जम्मा १४ जना मात्रै स्थानीय आउनु भएको बताए। शल्यक्रियाका लागि वडाले वृद्धवृद्धाहरुलाई उनीहरुकै घरघर पुगेर यातायातको सुविधासहित अस्पताल ल्याउने र पुर्याउने काम गरेको पन्नी उनले बताए। अस्पतालले स्थानीय निकायबाट सिफारिस भई आउने यस्ता कार्यको लागि दैनिक सयौंको संख्यामा मोतियाबिन्दुको…
काठमाडौं: एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)को ३७औं सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यको रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र सञ्जाल निर्माणमा सम्मेलन कोसेढुंगा हुने बताए । एशिया प्रशान्त क्षेत्रका देशसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उनले स्पष्ट पारे । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समयसापेक्ष र सान्दर्भिक रहेको विचार उनको छ । विश्व व्यापार परिदृश्यमा पंक्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया-प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरुको भूमिका निर्णायक…
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने कार्यक्रम तय भएको छ । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस तर्फ जान लाग्नु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पहिलोक्लिकलाई जानकारी दिए । भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका हुन्।
काठमाडौँ: देश भूकम्पीय शोकमा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए । ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’ उनले अनलाइनखबरसँग भने । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो । तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५७ जनाको मृत्यु…
काठमाडौँ: सरकारले सोमबार आएर जाजरकोट भूकम्पमा परी मृत्यु भएका कुल नागरिकको संख्या घटाएर १५३ जना मात्रै मारिएको बताएको छ । गृहमन्त्रीको नीजि सचिवालयले जारी गरेको सोमबार १० बजेसम्मको जानकारी अनुसार जाजरकोटमा १०५ जना नागरिकको मृत्यु नभएर जम्मा १०१ जनाको मृत्यु भएको र भेरी नगरपालिका र नलगाढ नगरपालिकामा मृत्यु भएका नागरिकको नाम दोहोरो पर्न गएकोले सो तथ्यांकमा फरक परेको हो । जस अन्तर्गत जाजरकोटमा ५६ महिला र ४५ पुरुषको निधन भएको जनाएको छ । त्यसैगरी, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको निधन भएको जनाएको छ । यस्तै, नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा खटिएको ११ जनाको मेडिकल टोलि १९ गते…
ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त हुनु भएको छ । आईतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसंग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ । वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा स्थापित पोखरेल यस अघि आइएमई ग्रुपको बरिष्ठ उपाध्यक्षको भुमिकामा रहि कार्य सम्पादन गरिसक्नुभएको थियो । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहि उक्त कम्पनीलाई थप उचाईमा पु¥याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।…
काठमाडौं: राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेको छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ । कसको नेतृत्वमा कुन प्रदेश…
काठमाडौं: सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएको छ ।
काठमाडौँ: दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ११ टन राहत सामग्री पठाएको छ। नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री बोकेको भारतीय जहाज बाँकेको नेपालगञ्ज विमानस्थलमा आइतबार अपरान्ह अवतरण भएको हो। भारतीय राजदूतले नवीन श्रीवास्तवले ती ११ टन राहत सामग्री नेपालका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपालगञ्ज विमानस्थलमा हस्तान्तरण गरे। भारतीय वायसेनाको विशेष विमान सी-१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर नेपालगञ्ज आएको हो। यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावितहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि छन्। राजदूत श्रीवास्तवका अनुसार राहतको पहिलो खेपमा आइतबार…
काठमाडौँ:अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्दैछ। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। पहिलो चरणमा अहिले प्रयोग भइरहेका ८ सयदेखि एक हजार मोवाइल सेट ब्लक हुने अनुमान प्राधिकरणले गरेको छ। गत वर्ष असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको एमडीएमएस प्रणालीलाई आजदेखि लागू गर्न लागिएकाे प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। ‘पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौं,’ अध्यक्ष खनालले भने, ‘अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क आफैँ लक हुँदै जाने छन्।’…
