Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पूर्वमन्त्री तथा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । एनआरएनए पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
काठमाडौँ: नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’ आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई…
काठमाडौँ: टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । जारी छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । जितसँगै समूहगत चरणको अन्तिम खेलअगावै नेपाल र ओमान प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । ओमानले पनि जारी प्रतियोगितामा लगातार दुई जित हासिल गरिसकेको छ । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो । दोस्रो खेलमा मंगलबार ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । समूहगत चरणको अन्तिम खेलमा बिहीबार नेपालले ओमानको र मलेसियाले सिंगापुरको सामना गर्नेछन् । त्यो खेलपछि समूह विजेताको टुंगो लाग्नेछ…
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नेपालबाट आफूले धरै कुरा सिकेर जान लागेको बताएका हुन् । सम्बोधनमा महासचिव गुटरेसले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए । उनले भने, ‘मेरो केही दिनको बसाइँमा मैले धेरै कुरा सिकेँ । त्यो सिकेको कुरा लिएर जलवायु परिवर्तनमा तपाईंहरुको संघर्षलाई र यहाँको विकासका लागि सहयोग गर्नेछु ।’ गुटरेसले नेपालले लैङ्गिक समानतामा हासिल गरेको प्रगतिको प्रशंसा गरे । उनले हिमालयको मनोरम दृश्य, यहाँको न्यानो आतिथ्य, सांस्कृतिक विविधता आफूलाई…
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका हुन् । कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार, कारागारजस्तो संवेदनशील ठाउँ विजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ । ‘राति कैदीबन्दीले कुटाकुट गरे, भागे वा अरु समस्या भयो भने परिस्थिति नियन्त्रणमा लिनै असहज हुने स्थिति हुने भयो’, उनले भने, ‘कारागारजस्तो ठाउँमा विजुली काट्दा समन्वय गर्नुपर्नेमा प्राधिकरणले पनि गरेन ।’ स्रोतका अनुसार, केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । ‘१५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेका पनि थियौं, त्योभन्दा…
काठमाडौं । इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् । उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।’ इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए । त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ । उक्त आक्रमणबाट बालबालिकासहित सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिएपछि इजरायललाई युद्ध रोक्न दबाब छ । लाखौं नागरिक विस्थापित…
राष्ट्रिय समचार समिति (रासस)काठमाडौँ, १४ कात्तिक : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ । उहाँले सोमबार बिहानदेखि आज बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताउनुभयो ।…
राष्ट्रिय समाचार समिति (रासस)लुम्बिनी, १४ कात्तिक ः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै हुनुहुन्छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका उहाँ आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लाग्नुभएको हो । महासचिव गुटेरेस अहिले बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ । हेलिकोप्टरमा लुम्बिनी पुगेपछि महासचिवलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिने छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । महासचिवलाई…
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १४ कात्तिक (रासस) : दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही–६ धनुषाका साहको…
राष्ट्रिय समाचार समिति (रासस)गण्डकी, १४ कात्तिक : नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
