Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: रेमिट्यान्स (विप्रेषण) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्ष धेरै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड भित्रिएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो। दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको भदौ महिनामा महंगी आकाशिएको छ । साउनको तुलनामा भदौ महिनामा मूल्यवृद्धि दर ०.६७ प्रतिशत विन्दुले बढेको हो ।भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । यस महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति दर बढेर ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दर बढेर ६.९९ प्रतिशत पुग्दा उपभोक्ता मूल्यवृद्धि दर बढेको हो । अर्थमन्त्री प्रकाश शरण महतले संसदमा बजेट पेश गर्दा चालु आवको मूल्यवृद्धि दर ६.५० प्रतिशत कायम गर्ने लक्ष्य सार्वजनिक गरेका थिए । तथापि बजेट भाषणको ठिक विपरित मुद्रास्फीति दर बढ्दै…

Read More

रौतहट: रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहले पार्टी छोडेको भन्दै नेकपा एमालेको सिफारिसमा मंगलवार निर्वाचन आयोगले मेयर पदबाट हटाएको छ। तर साहले आफू नेकपा एमाले पार्टीमै रहेको जिकिर गरेकी छिन् । उनले एमालेको टिकटबाट चुनाव जितेकाले आफू अहिलेसम्म पनि एमालेमै रहेकाे बताएकी हुन् । साहका श्रीमान् तथा पूर्व मन्त्री प्रभु साहले भने एमाले पार्टीको टिकट नै छोडेर स्वतन्त्र रूपमा प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएपछि आफ्नै नेतृत्वमा आमजनता पार्टी दर्ता गराएको छन् । ‘उहाँले के गर्दै हुनुहुन्छ, त्यसको जवाफ मैले कसरी दिने ?,’ साहले प्रश्न गरिन् । प्रभु साह अहिले संगठन विस्तारको क्रममा देश दौडाहामा रहेको तर आफू आमजनता पार्टीको कुनै औपचारिक…

Read More

काठमाडौँ: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि मंगलबारदेखि खसी–बोका र च्याङ्ग्रा बिक्री सुरू गरेको छ। कम्पनीले जिउँदो खसी-बोका प्रतिकिलो ६ सय ७० रुपैयाँमा बेच्न थालेको हो। त्यस्तै च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ। कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसी-बोका तथा च्याङ्ग्रा बिक्री सुरू गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्। कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसी-बोका तथा रसुवाबाट च्यांङ्ग्रा ल्याएको छ। ती चौपाया सोमबार मात्रै काठमाडौं ल्याइएको हो। कम्पनीले उपभोक्ता मूल्यमा हुन सक्ने असन्तुलन रोक्न सानो संख्यामा भए पनि खसी-बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ। यस वर्षको दसैंमा दुई हजार…

Read More

काठमाडौँ: गैरआवासीय नेपाली नागरिकता वितरणको आज शुभारम्भ हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गर्ने कार्यक्रम तय भएको छ । आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्- “एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई मूल मन्त्र मानेर दुई दशकदेखि संघर्ष गर्दै आएको प्रतिफलस्वरूप नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान स्थापित गर्न सफल भएका थियौं । यो हामी सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण हो । संविधानको यही प्रावधानअनुसार अहिले बिहान ७ः०० बजे…

Read More

काठमाडौँ: बडा दसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । मार्कण्डेय पुराणमा ‘चन्द्र : घण्टायां यस्या : सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका समस्या समाधान गर्न तत्काल उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा अध्यक्ष ढकालले अहिले अर्थतन्त्र असहज अवस्थामा रहेको बताए । ‘अहिले अर्थतन्त्र निकै असहज अवस्थामा जान लागेको छ’, उनले भने, ‘महासंघले केही दिन अघि आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासंघले गरेको प्रस्ताव अनुसार नै उच्चस्तरिय संयन्त्र गठन गर्ने भन्नु भएको थियो । त्यो संयन्त्र चाँडो भन्दा चाँडो गठन गर्न सरकारसमक्ष माग गर्दछौं ।’ प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने उच्चस्तरीय संयन्त्रले मेजर रिफर्मका लागि काम गर्ने ढकालको दाबी छ । कोरोना महामारीहुँदै…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा भएको विद्रोहको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्। सोमबार देउवाले धुम्बाराहीमा पार्टीका उपसभापति र महामन्त्रीहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोशीमा माओवादीका ईन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेर सभापतिले गलत गरेको बताए। ‘कोशीमा एमालेसहितको गठबन्धन गर्नुपर्छ भन्ने हामी दुईजना महामन्त्रीको कुरा थियो। त्यसो भनेर माओवादीलाई छाड्ने पनि भनेको होइन। कोशी प्रदेशमा विशिष्ट परिस्थिति छ’ उनले भने, ‘इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयमा पार्टीका दुईजना महामन्त्रीको संलग्नता थिएन।’ उनले सभापतिले विधिवत निर्णय नगर्दा पार्टीभित्र असन्तुष्टि बढेको र कोशीमा विद्रोह भएको बताए। उनले भने, ‘असन्तुष्टिको जगमा विद्रोह भयो। सभापतिले गरेको निर्णय विधिवत् थिएन। केन्द्रीय समितिले…

Read More

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले पनि कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको हो । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कार्कीलाई पार्टीले विश्वासको मत दिने बताए । प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबनर मुख्यमन्त्री नियुक्त भइ आइतबार सपथ लिएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन् । एमालेका उपनेता…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए। ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढीरहेका छौँ। हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो। त्यसको आवधिक टार्गेट मिसन २०८४ हो। मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार, एकल बहुमतको सरकार कम्ति भनेको हामीले, यो नहुने भन्ने कुरै छैन,’ ओलीले भने, ‘संविधानले जनतालाई भोट नखसाल भन्छ?…

Read More