Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 29
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » निर्वाचन आयोगको निर्णयपछि रिना साहले भनिन्, ‘एमालेमै छु, ममाथि अन्याय भयो’

    निर्वाचन आयोगको निर्णयपछि रिना साहले भनिन्, ‘एमालेमै छु, ममाथि अन्याय भयो’

    पहिलोक्लिकपहिलोक्लिकOctober 17, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    रौतहट: रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहले पार्टी छोडेको भन्दै नेकपा एमालेको सिफारिसमा मंगलवार निर्वाचन आयोगले मेयर पदबाट हटाएको छ। तर साहले आफू नेकपा एमाले पार्टीमै रहेको जिकिर गरेकी छिन् । उनले एमालेको टिकटबाट चुनाव जितेकाले आफू अहिलेसम्म पनि एमालेमै रहेकाे बताएकी हुन् ।

    साहका श्रीमान् तथा पूर्व मन्त्री प्रभु साहले भने एमाले पार्टीको टिकट नै छोडेर स्वतन्त्र रूपमा प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएपछि आफ्नै नेतृत्वमा आमजनता पार्टी दर्ता गराएको छन् । ‘उहाँले के गर्दै हुनुहुन्छ, त्यसको जवाफ मैले कसरी दिने ?,’ साहले प्रश्न गरिन् ।

    प्रभु साह अहिले संगठन विस्तारको क्रममा देश दौडाहामा रहेको तर आफू आमजनता पार्टीको कुनै औपचारिक कार्यक्रममा नगएको उनले दाबी गरेकी छन् । आफू एमाले पार्टीबाट जितेको कारण अर्को पार्टीमा जाने कुरै नहुने र आफूमाथि पार्टी छोडेको आरोप गलत भएको जिकिर गरिन्।

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे र निर्वाचन आयोगको कदम बारे जानकारी जानकारी पाएको बताउँदै साहले एमालेले आफूमाथि अन्याय गरेको आरोप लगाइन् । उनले यसविरुद्ध कानुनी बाटोमा न्यायालय तर्फ जाने सरसल्लाह भइरहेको पनि जानकारी दिइन् ।

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय सहित दिएको निवेदनमाथि छानबिन गरी मंगलवार निर्वाचन आयोगले मौलापुर नगरपालिकाको मेयर प्रभु साहकी श्रीमती रिनाकुमारी साहको पद स्वतः रिक्त भएको जानकारी गराएको छ । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम नगर प्रमुख रिना साहको पद स्वतः रिक्त भएको मंगलवार सार्वजनिक गरेको हो।

    उता प्रभु साह नेतृत्वको आमजनता पार्टीले दलीय सिन्डिकेटको आवरणमा लोकतन्त्रको हत्या भएको टिप्पणी गरेको छ। एमालेले अनैतिकताको पराकाष्ठा पनि पार गरेको पार्टीको ठहर छ। मौलापुर नगर नेतृत्वको कारण स्थानीय स्तरमा आम जनतालाई सरकारको प्रत्याभूति सँगसँगै सामाजिक न्याय, सुशासन र विकासले आफ्नो एउटा छुट्टै मोडल स्थापित गरिरहेको बेला यस सन्दर्भमा एउटा कर्तव्यनिष्ठ महिलालाई दलीय सिन्डिकेटको आवरणमा केवल आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको धर्मपत्नी भएकै नाताले मात्र एमालेले आज जसरी पदमुक्त गरेको छ, यो घटना आम जनभावना विपरीत, लोकतन्त्रको उपहास एवं अनैतिकताको पराकाष्ठा रहेको पार्टीको ठहर छ ।

    ‘गत स्थानीय निर्वाचनमा पूर्व मन्त्री प्रभु साह र उहाँको टिमको अथक प्रयास एवं प्रभावको बलमा एमाले पार्टीले अनगिनत स्थानमा चुनाव जितेको विषय जगजाहेर नै छ । तर आज एमाले पार्टीले नैतिकताको आधारमा हाम्रो मत फिर्ता गर्नुको सट्टा उल्टै उहाँको पत्नीलाई कागजी कार्यवाहीको डण्डा देखाई तर्साउने कार्य गर्नु अनैतिकताको पराकाष्ठा मात्र नभई दलीय निरंकुशताद्वारा गरिएको वास्तविक लोकतन्त्रको हत्या पनि हो,’ आमजनता पार्टीले भनेको छ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.