Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका लागि अनुमोदित भएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा गरिएको सुनुवाइपछि श्रेष्ठ सर्वसम्मतिले अनुमोदित भएका हुन् ।अब समितिले श्रेष्ठ अनुमोदित भएको ब्यहोराको पत्र संवैधानिक परिषद्मा लेखेर पठाउनेछ । गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो । अनुमोदन भएसँगै श्रेष्ठ करिब १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन् । २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण २०८१ असोज १९ पछि अनिवार्य अवकाशमा जानेछन् । ३१ औं प्रधानन्यायाधीशका रुपमा अनुमोदित भएका श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका व्यक्ति हुन् । ‘क्याडर…
काठमाडौँ: बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । सीआईबीले यो प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई र माधवकुमार नेपालसँग समेत बयान लिएसँगै अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।सीआईबीले आइतबार नै आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी तयारी गरे पनि अन्तिम समयमा भट्टराई र नेपालसँग समेत बयान लिएको हो । यससँगै अनुसन्धान पूर्ण बनेको सीआईबीका अधिकारीहरुको भनाइ छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले सम्भवतः आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने बताए । हिजै प्रतिवेदन बुझाउने भनिएपनि प्राविधिक कारणले सम्भव नभएको उनको भनाइ थियो । सीआईबीले…
होलसेलमा ६० को माल खुद्रामा आइपुग्दा ८० पुर्याइयो काठमाडौँ: भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा कालोबजारी सुरु भएको छ । भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो । यो समाचार आज कान्तिपुरमा राजु चौधरीले लेखेका छन्। तर नेपालमा बिचौलियाले मूल्य बढाउन थालिसकेका छन् । कृत्रिम अभाव र कालोबजारी गर्ने तत्त्व सलबलाउन थालेको सरोकारवाला बताउँछन् । भारतबाट आयातै नगरिएको प्याजको मूल्यसमेत व्यापारीले बढाएका छन् । ‘शनिबार होलसेलमा प्याजको मूल्य प्रतिकिलो ६० देखि ६५ रुपैयाँ थियो, खुद्रा मूल्य ७० देखि ७५ रुपैयाँ चलेको थियो । आइतबार होलसेलमा खरिद मूल्य ८० रुपैयाँ…
काठमाडौँ: ‘माधव नेपालजीले पार्टी फुटाउने आँट नगरेको भए न म प्रधानमन्त्री हुन्थें, न त प्रचण्डजी बन्नुहुन्थ्यो,’ साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले कड्किँदै भनेका थिए । त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘हो’ भनेर समर्थन जनाउनुबाहेक थप व्याख्या नगरी बैठकको छलफल अघि बढाए । बैठकमा सहभागी एक नेताका अनुसार देउवा त्यसरी कड्किनुको कारण ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले साउन २१ गते गरेको आदेशबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कसरी जोगाउने भन्नेमा लक्षित थियो । यो समाचार हामीले कान्तिपुर दैनिकबाट लिएय्का हौँ । समाचार कुलचन्द्र न्यौपानेले लेखेका हुन् । सर्वोच्चले सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषद्बाट भएका निर्णयका ‘निर्णयाधिकारी’ लाई…
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मंगलबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ…
काठमाडौँ: नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने…
काठमाडौँ: युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि उचालेको छ। योसँगै नवौँ संस्करणको महिला विश्वकपले नयाँ च्याम्पियन पाएको छ। स्पेन र इंग्ल्याण्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेका हुन्। यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक यो उपाधि उचालेका थिए। सिड्नीको स्टेडियममा आइतबार भएको फाइनलमा स्पेनले इंल्याण्डलाई १–० गोलले पराजित गर्दै विश्वकपको उपाधि उचालेको हो। खेलको दोस्रो हाफमा इंल्याण्डले केही सुधारिएको प्रर्दशन गरेपनि जित निकाल्न भने सकेन। खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनाले गरेको गोल र्नै स्पेनका लागि निर्णायक बन्यो। खेलको ६९ औं मिनेटमा जेनिफर हमोसोले हानेको पेनाल्टी प्रहार…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७१६ ग्राम शुद्ध र असली भएको पुष्टि भएको छ। राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिएको पहेंलो धातुको गुणस्तर पहिचान गर्दा सुन नै भएको पुष्टि भएको हो। मरामद ब्रेक शुलाई गालेर जोख्दा ६० किलो मात्रै भएको थियो। त्यसपछि गुणस्तर जाँच गरिएको हो। राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पु¥याइएको थियो। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले यसको गुणस्तर परीक्षण गर्दा ९९ दशमलव ९ प्रतिशत शुद्ध सुन भएको पुष्टि भएको हो। यस प्रकरणमा अहिले सीआइबीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवासमा बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहका किरन पोखरेलले जानकारी दिए। संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ। यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि राष्ट्रपतिलाई भेटेर संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री प्रचण्डले पनि संसद्को गतिरोध अन्त्यका लागि सभामुखसहित राखेर पहल गरिरहेका छन्। आइतबार…
काठमाडौँ: सेयरबजार परिसूचक नेप्से २१.९९ अंकले घटेको छ। आज (आइतबार) २१.९९ अंकले घटेर २०११.१४ अंकमा अडिएको छ। आज नेप्सेसँगै कारोबार समेत घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५१ करोडको कारोबार भएको थियो। नेप्सेमा १ अर्ब ४४ करोडको कारोबार भएको छ। कारोबारमा आएमध्ये २९ कम्पनीको सेयरमूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ। त्यसैगरी ८ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ। आज कारोबारमा आए १३ वटै उपसमुहमा गिरावट आएको छ । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको उपसमूह २.३४ प्रतिशतले घटेको छ। आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.५७ अंकले बढेको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ६ करोड ६३ लाखको…
