Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको हो । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए । यस्तै राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिन माग गरेका हुन् ।
काठमाडौँ: उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी कम्तीमा दुई महिना पूर्ण रूपमा बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको हो । पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको छ । मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठका अनुसार २६ किमि सुरुङको सुरक्षालाईसमेत ध्यानमा राखेर गत सातादेखि नै आगामी भदौसम्मका लागि पानी बन्द गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले गत २ गते मेलम्ची मुहान पुगेर पानी बाह्रै महिना सञ्चालन गर्न सबै उपाय अपनाउने घोषणा गरेका थिए । उनले यस्तो घोषणा गरेको दुई सातामा पानी बन्द…
काठमाडौँ: अमेरिकी च्यालेन्ज कम्प्याट अन्तर्गतको अनुदान परियोजना (एमसीसी) आगामी भदौबाट कार्यान्वयन गर्ने तयारी सुरु भएको छ। नेपाल र अमेरिकाबीच भदौ दोस्रो सातासम्ममा एमसीसी कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। सो हस्ताक्षरसँगै एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ। हस्ताक्षर समारोहअघि र पछि उच्च अमेरिकी अधिकारीहरु नेपाल भ्रमणमा आउने छन्। एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अगष्ट अन्तिम अर्थात् भदौ दोस्रो सातासम्ममा अमेरिका र नेपालबीच एमसीसी कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर हुने बताए। नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। लामो समय विवादमा फसेको एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ। एमसीसी परियोजना…
काठमाडौँ, २० असार:नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी दिनुभयो । प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो । तामाङको घरमा प्रहरी टोली पुग्दा उहाँ खाटको छेउ मृत भेटिनुभएको चन्दले बताउनुभयो । मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहनुभएका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गर्नुभएका गायक तामाङको नेपाली रकशैली गीतको…
काठमाडौं: अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भन्नुभयो, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’ मन्त्री महतले भन्नुभयो, ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौं ।’ ‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ, पूरा गरेका कुरा कम छ । यस अर्थ असन्तुष्टि आउनु स्वभाविक हो’ उहाँका अनुसार धेरै कुरा हामीले निर्णायक रुपमा सुधार…
काठमाडौँ: नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने यू-१६ स्तरको प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ। मंगलबार घरेलु टिम मलेसियामाथि २२१ रनको सानदार जित निकाल्दै नेपाल एसिसी यू-१६ इस्ट जोन कप च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्न सफल भयो। यसअघि एसिसीको आयोजनामा हुने गरेको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो। नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ रन र २०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो। मंगलबार मलेसियाको बायुमास ओभलमा भएको उपाधि भिडन्तमा नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको घरेलु टिम मलेसिया १४.५ ओभरमा ३१…
अर्घाखाँची: अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोहनपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा घाइते भएका ४ जनामध्ये तीन जनाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षका धनबहादुर रास्कोटी, ११ वर्षकी मञ्जु रास्कोटी र १२ वर्षका खुमबहादुर रास्कोटी छन् । घटनामा घाइते भएका १४ वर्षका सचिन रास्कोटीलाई उद्धार गरी पाल्पाको मिसन अस्पताल पठाइएको छ । पाणिनि गाउँपालिका–१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।
पर्बत: धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो । भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ । सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन् ।…
काठमाडौँ: नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीहरुले विद्यमान अर्थतन्त्र एवं समाधानका उपायका बारेमा छलफल गरेका हुन । उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरुको मुख्य एजेण्डा आर्थिक मुद्धा बन्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए । अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक बृद्धि हासिल गर्न एवं निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने उल्लेख गरे । जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारीमा पूर्वाधार…
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ। राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको…