Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » एसिसी यू-१६ मा नेपालले गर्‍यो उपाधिमा ह्याट्रिक

    एसिसी यू-१६ मा नेपालले गर्‍यो उपाधिमा ह्याट्रिक

    पहिलोक्लिकपहिलोक्लिकJuly 4, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने यू-१६ स्तरको प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ।

    मंगलबार घरेलु टिम मलेसियामाथि २२१ रनको सानदार जित निकाल्दै नेपाल एसिसी यू-१६ इस्ट जोन कप च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्न सफल भयो।

    यसअघि एसिसीको आयोजनामा हुने गरेको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।

    नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ रन र ‍२०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो।

    मंगलबार मलेसियाको बायुमास ओभलमा भएको उपाधि भिडन्तमा नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको घरेलु टिम मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो।

    मलेसियाका लागि मोहमद अक्रमले सबैभन्दा बढी १० रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

    मलेसियाको ब्याटरमाथि हाबी हुने क्रममा नेपालका कप्तान अभिषेक तिवारीले ५ विकेट लिए। उनले ६ ओभरमा १ मेडन राख्दा ७ रन मात्र दिए।

    सन्तोष यादवले ३ विकेट लिए। उनले ३ ओभरमा २ मेडन राख्दा ९ रन दिए।

    अशोक धामी र सागर गैरेले १-१ विकेट लिन सफल भए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो।

    नेपालका लागि नरेश भट्टले शतक प्रहार गर्न सफल भए। उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।

    त्यसअघि ओपनरद्वय सूर्यान्सु कोइराला १८ रन र निरजकुमार यादव ४७ रन जोडेर आउट भए।

    दीपु कुमार ५ रन र प्रतिक भट्टराई १ रनमा रनआउटको सिकार भए। यस्तै सन्तोष यादवले २६ रनको योगदान गर्दा कप्तान अभिषेक तिवारी ४ रन र अशोक धामी ११ रनमा आउट भए।

    बलिङमा मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए।

    Facebook Comments Box

    नेपाल
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

    October 26, 2026

    एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    October 26, 2026

    एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला

    October 16, 2026

    पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश

    June 30, 2026

    ट्युनिसियामाथि जापानको ४–० को सानदार जित, ट्युनिसिया समूह चरणबाटै बाहिरियो

    June 21, 2026

    आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा

    June 21, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.