Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:लुम्बिनी केबलकारको उद्घाटन गर्न आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवल जाँदै छन्। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको हो। केबलकार उद्घाटनका लागि प्रधानमन्त्री अहिले बिहान ९ बजे काठमाडौंबाट बुटवल प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ। कामाख्या मन्दिर भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बनेको छ। केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रति…

Read More

काठमाडौँ: वर्षायामका बेला कुनै पनि कामका लागि सडकमा खन्न नपाइने भएको छ। खने सरकारले कारबाही गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न प्रतिबन्ध लगाएको हो। ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती…

Read More

भक्तपुर, २५ जेठ (रासस) :भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिनुभयो । एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने र सरकारका कर्मचारीले तलब नपाउँदा उनीहरुलाई समस्या भएको छ । यहाँका कर्मचारीका लागि मासिक करिब रु ४५ लाख तलबमा खर्च हुने…

Read More

काठमाडौँ, २५ जेठ:देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “हालको तल्लो र उपलल्लो वायुमण्डलको अध्ययन र विश्लेषअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावन यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध…

Read More

काठमाडौँ:सरकारले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय गरेको हो। त्यस्तै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ। मन्त्रिपरिषद्ले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ…

Read More

काठमाडौँ: सुनकोसी नदीमा शुक्रबारदेखि दुर्घटना भएर खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को गाडी र दुई जनाको शव मंगलबार भेटिएको छ । शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई जनाको शव मंगलबार साँझ भेटिएको हो । एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पहिचान भने हुन सकेको छैन । सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएको जनाइएको छ ।नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी डाईभर्सन गरेपछि मंगलबार नदीबाट गाडी र शव निकालिएको हो ।काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा१झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामात्रै नभएर पक्राउ नपरेका अन्य केही शंकित व्यक्तिहरूलाई पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश दिन इजलासमा माग गरिएको छ । सह प्रतिवादीले पोल गरेका केही संकितमाथि अनुसन्धान नै नभएको भन्दै उनीहरूमाथि पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश गर्न इजलाससमक्ष माग गरिएको हो । अधिवक्ता हरिप्रसाद कँडेलले जुडिसियल नोटिसका लागि भन्दै काठमाडौं जिल्ला अदालतमै चलिरहेको एक मुद्दाको उदाहरण दिँदै मुद्दा दर्ता भइसकेपछि पनि अदालतले पोल गरिएका अन्य व्यक्तिको हकमा समेत अनुसन्धानका लागि आदेश गर्न सक्ने बताए । मंगलबार जाहेरवालाका तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता हरिप्रसाद कँडेलले जुडिसियल नोटिसका लागि भन्दै काठमाडौं जिल्ला अदालतमै चलिरहेको एक…

Read More

काठमाडौं: नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । ‘तत्काललाई यो व्यवस्था खारेज भएको छ । यसलाई आवश्यकतामा आधारित निर्णय भनिएको छ’, एक पदाधिकारी भन्छन् । उनका अनुसार, अहिले पार्टीलाई गतिशील बनाउन पनि यो व्यवस्था हटाइएको हो । ७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेका थिए । थप १३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव बैठकमा आएपछि पौडेलले उमेर हदको प्रश्न उठाएको बैठकमा सहभागी अर्का पदाधिकारीले बताए । ‘अहिले मनोनित गर्ने भनिएका मध्ये मुकुन्द कमरेडको…

Read More

काठमाडौँ: नेकपा (एमाले)ले करको दर हेरफेरबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ। एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे संसदीय समिति बनाएर छानबिन नगरिए संसद् चल्न नदिने बताए। ‘करका दर हेरफेर भएबजेटमा अनधिकृत रूपमा भनेर आएको छ। हामी यो कुरा संसदमा उठाउँछौं,’ प्रमुख सचेतक गिरीले भने। बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए। आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बोलाइएको बैठक बस्न सकेको छैन। अहिले सभामुखले प्रमुख सचेतक, सचेतकहरूसँग कुराकानी गरिरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय नदिएपछि राष्ट्रिय सभाको मंगलबार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको छ। जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे र नागरिकता विधेयकबारेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितले जवाफ माग गरेका थिए। त्यहीअनुसार प्रधानमन्त्रीले मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठकमा जवाफ दिने तयारी थियो। तर प्रधानमन्त्री खप्तड राष्ट्रिय सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम जाने भएपछि अन्तिम समयमा बैठक नै स्थगित भएको हो। प्रधानमन्त्री खप्तडतिर लाग्ने भएपछि संघीय संसद्का महासचिव डा. भरतराज गौतमले अन्तिम समयमा सूचना निकालेर बैठक स्थगित गरेका हुन्। राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने गरी निर्धारण गरिएको थियो। ‘प्रधानमन्त्रीले समय नदिएर…

Read More