काठमाडौँ: नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकेलगत्तै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बसिरहेको छ ।
बैठकमा ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्नेछन् । सिंहदरवारमा तीन दलका शीर्ष नेताबीच भएको छलफलमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बोल्न दिने सहमति गरेका छन् । यसअघि एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध गर्दै आएको थियो । उसले प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो ।
Facebook Comments Box
