Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बैतडी : नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम परस्कार रु एक लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी)का अध्यक्ष महेशसिंह भण्डारीले बताए । कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी एक जनालाई रु ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। राष्ट्रपतिले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

Read More

काठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए। असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर…

Read More

काठमाडौँ: नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको नेपाल विद्युत् प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको छ । सो सहमतिपछि प्राधिकरणले माथिल्लो अरुण जलविद्युत् कम्पनी नामक संस्था स्थापना गर्ने र सोही कम्पनीमार्फत नै आयोजना अगाडि बढाउने छ । सो आयोजनामा आर्थिक स्रोत नभएका तर श्रम…

Read More

गोरखा: राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलासययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका छन् । प्रभावितहरूको तर्फबाट धादिङ र गोरखाका संयुक्त सरोकार समितिले बूढीगण्डकी आयोजनाको वातावरण मुअब्जा वितरण पुर्नवास तथा पुनःस्थापना इकाइका संयोजक कृष्ण कार्कीलाई आज ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । सरोकार समितिका गोरखा संयोजक जगन्नाथ खनाल र धादिङका संयोजक दिनेशकुमार ढकालसहितको टोलीले संयोजक कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा आरुघाट बजारको शाखा सडकमा प्रतिआना रु २० लाख, अन्य शाखा सडकमा प्रतिआना रु १५ लाख मुअब्जा निर्धारण हुनुपर्ने माग गरिएको हो…

Read More

गाईघाट: जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी(बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। सर्वोच्चको आदेशानुसार विश्वकर्र्मालाई राजधानी लाने तयारी गरिएको पनि उनले बताए। एक हप्ता अगाडि काठमाडाँैबाट विश्वकर्र्मालाई उदयपुर ल्याएका थिए । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताएका छन्। नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले भने, “सबै व्यवसायीले इमान्दारितापूर्वक व्यवसाय गर्नुपर्छ, सरकार त्यसका लागि कडारुपमा उभिएको छ ।” सबै नागरिक करको दायरामा आउनुपर्ने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले जनताले तिरेको करबाटै सबै नागरिकलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइने बताए । उनले भने, “सामाजिक सुरक्षा वितरण गर्न बजेट चाहिन्छ, कर उठाएर मुलुकको विकास गर्ने हो । केही रुकम सामाजिक सुरक्षामा खर्च गर्ने हो ।” करको दायरालाई फराकिलो बनाएर व्यवस्थित गर्दै लैजाने उल्लेख गर्दै उनले दोहोरो कर लगाउने सरकारको नीति नभएको प्रष्ट्याए। अर्थमन्त्री डा…

Read More

काठमाडौँ: खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारवाही गर्न निर्देशन दिएका छन्। मन्त्री मगरले आज एक विज्ञप्ति जारी गरी अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयम नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्। मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट आयोजनाको कर्मचारीको मिलेमतोमा निजी पसलमा बिक्री गरिएको पाइएको थियो । मन्त्री मगरले राष्ट्रिय गौरवका आयोजना निर्माणको सम्बन्धमा देखिएको यसप्रकारको गम्भीर लापर्बाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसीलाई थप जिम्मेवार भई काम गर्न सचेत गराएका छन्।

Read More

काठमाडौँ: पहिले नै निर्माण भएका तर निर्माण मापदण्ड नमिलेका घरलाई नियमित गर्न निवेदन दिने निवेदकको काठमाडौँ महानगरमा चाङ लाग्न थालेको छ । करीब तीन महिनाअघि कामपाले निर्माण भएका तर नियमअनुरुप निर्माण नभएका घरको लागि निवेदन दिनका लागि सूचना निकालेको थियो । निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरूप बनाउन यस किसिमको व्यवस्था गरेको कामपाले जनाएको छ । नगरवासीका लागि यो एउटा मौका हो, यस मौकाको पनि सदुपयोग नगरे धेरै नगरवासीको घर नक्साविहीन हुने र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ सहप्रवक्ता नवराज ढकालले भने। नियमअनुरुप गर्नका लागि घरधनीले घरको विवरणसहित कामपामा…

Read More

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताएका छन्। वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको जनाएका हुन्। उनले भने, “यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन । हाम्रा कामले जनताका विश्वासमा तलमाथि हुन दिइने छैन । अग्रजहरूका महान् उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।” उनले कम्युनिष्ट एकताबद्ध हुँदा…

Read More