Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आउँदो महान चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले आसोज १२ गतेदेखि सुपथ मूल्यका पसल संचालन गर्ने भएको छ। विगतका वर्षहरुमा जस्तै चाडपर्बको समयमा जनतालाई बिशेष छुटमा दैनिक आबश्यक बस्तुहरु उपलब्ध गराउने उदेश्यले यो वर्ष पनि असोज १२ गतेदेखि सुपथ मूल्यका पसलहरु सञ्चालन गर्ने तयारी गरेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रबक्ता नवराज ढकालले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहुलियत पसलहरु संचालन गर्ने उनले बताए । सहुलियत पसलहरुबाटi उपभोक्तालाई सहुलियत दरमा उपभोग्य बस्तुहरु विक्री वितरण गरिने छ । उनले भने- ‘घ्यूमा प्रतिकिलो ५० रुपैयाँ, चिनीमा…

Read More

काठमाडौं: नेपाली हिन्दु महिलाहरुको ठूलो पर्व हो तीज। तीजको आज मुख्य दिन शहरतिर दरको नाममा भोज खाने क्रम हिजोराती नै सकिसकेको छ। शहरमा बसोबास गर्नेको संख्या बढेका कारण हिजोआज माइत गएर दर खानुअघि नै समूह बनाएर दर खाने प्रचलन बढेको देखिन्छ। यसै सन्दर्भमा संस्कृतिविद् प्रियंबदा काफ्लेले पहिलोक्लिकसँग तीज र दरको सम्बन्ध प्रष्ट्याएकी छन्। दर भनेको के हो? हाम्रो हिन्दु वैदिक परम्परा अनुसार ब्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ। खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्व दिइन्छ। ब्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले…

Read More

बाँके: नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन् । २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै लाग्छन् । जनसङ्ख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ । ठूला भवनसँगै भौतिक पूर्वाधारका अन्य संरचना एकपछि अर्को गर्दै बनिरहेका छन् । त्यसमाथि सवारी साधनको सङ्ख्यामा उस्तै वृद्धि भइरहेको छ । नेपालगञ्जमा अन्य सवारीको सङ्ख्याभन्दा ब्याट्रीबाट चल्ने अटोरिक्साको सङ्ख्या ह्वात्तै बढेको छ । साँघुरा सडककै कारण नेपालगञ्जले बेलाबेलामा अन्य शहरको जस्तै ट्राफिक जाम भोग्न थालेको छ । अटोरिक्साको सङ्ख्या बढेसँगै नेपालगञ्जमा ट्राफिक जामको समस्या शुरु भएको नेपालगञ्ज–२, घरबारी…

Read More

काठमाडौँ :बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ । समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली…

Read More

काठमाडौं: सञ्चार मन्त्रालयले प्रेसलाई परेको भनिएको समस्या समाधानका लागि मुलुकी अपराध संहिताबारे सुझाव दिन कार्यदल गठन गरेको छ । कार्यदल देवप्रकाश त्रिपाठीको संयोजकत्वमा गठन गरिएको मन्त्रालयले जनाएको छ। कार्यदलमा गोविन्द आचार्य, तीर्थ कोइराला, शुभशंकर कँडेल, चन्द्र न्यौपाने, सुवास खतिवडा, पूर्ण बस्नेत, बद्री सिग्देल, निर्मला शर्मा, डण्ड गुरुङ, टिकाराम राई र राजेश अहिराज सदस्य छन् । कार्यदललाई ४५ दिनभित्र मुलुकी अपराध संहिता लगायतका कानुनी दस्तावेजहरुमा उल्लेखित कानुनी प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर परेको भए विकल्पसहित प्रतिवेदन बुझाउन भनिएको छ ।

Read More

चिता, रूस:  रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् । अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् । रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्नुहुने भएको छ । रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ…

Read More

काठमाडौँ: नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षको चार महिनामा…

Read More

रत्ननगर: अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने ढकालले बताए । सडक एकतर्फी खुलाएर गए रातिदेखि सवारीसाधनको चाप कम गराइ सहज पारिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । दिनभरको जामका कारण मुग्लिन–कुरिनटार क्षेत्रमा दोहोरो रुपमा सयौँ सवारीसाधन जाममा परेका कारण सडक खुलाउन बढी समय लागेको हो । पछिल्लो समय…

Read More

काठमाडौँ: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे…

Read More

काठमाडौं: नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुस्कर कार्कीसहित तीन डीआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सरकारसमक्ष सिफारिस गरेको छ। बढुवा सिफारिस भएका अन्य दुई जनामा ठूले राई र धिरु बस्नेत छन् । कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । तर, सर्वेन्द्र खनाललाई सरकारले चयन गरेपछि उनी डीआईजीमा खुम्चिएका थिए । उनै कार्की अहिले एक नम्बरमा रहँदै एआईजीमा बढुवा सिफारिस भएको गृह मन्त्रालयले मंगलबार अबेर निकालेको विज्ञप्तिमा उल्लेख छ । बढुवा समितिको मंगलबार बसेको बैठकले कार्की, राई र बस्नेतलाई एआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम को उपनियम…

Read More