Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो राजमार्ग खुलाउन आग्रह गरिएको महासङ्घका अध्यक्ष नरेश कटुवालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका कारण अर्बौँ रुपैँया बराबरको सामान नेपाल भित्रिन नसकेकाले व्यवसायी मारमा परेका छन्,” विज्ञप्तिमा भनिएको छ । व्यवसायीले बैँक तथा वित्तीय क्षेत्रबाट चर्को व्याजदरमा रकम लिएर लगानी गरेका ती सामान नेपालमा भित्रिन नसक्दा हजारौँ व्यवसायी ठूलो मर्कामा परेका र कच्चा पदार्थ…
काठमाडौँ: बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउनेछैनन् । बायोमेट्रिक, स्वास्थ्य परीक्षण भिसा प्रोेसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले पठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्नेछैन ।, आजकोकान्तिपुर दैनिकमा यो खबर ।
काठमाडौं: राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले नयाँ मापदण्ड लागू गरेको हो । यससँगै ४५ फिट अर्थात ५ तले घर बनाउन पाइने मुरानो मापदण्ड खारेज भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । अब संरक्षित उपक्षेत्रमा भवन निर्माण गर्दा घरको उचाइ फ्लोर एरिया रेसियो (फार) अधिकतम ६५ फिट अर्थात ७ तला र मिश्रित पुरानो क्षेत्रमा अधिकतम ८ तला अर्थात ७५ फिट हुनेछ ।
काठमाडौं: संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहिबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौँ: शिर्जनशिल केन्द्रको आयोजना तथा इभेन्टसंसार डटकमको व्यवस्थापनमा विहिबारदेखि भृकुटिमण्डपमा १७औं तिज महोत्सव ‘बृहत तिज व्यापार मेला’ शुरु भएको छ । महिला, बालबालिका तथा समाजकल्याण माननिय मन्त्री थम माया थापा एक समारोहकाबीच मेलाको समुद्घाटन गरिन् यस मेलामा २०० वटा भन्दा बढि स्टलहरु राखिएको छ । यहि भदौ १० गतेसम्म आयोजना हुने मेलामा महिलाहरुले विशेषगरि तिजको अवसरमा प्रयोग गर्ने सामाग्रीहरुका साथै नेपाली हस्तकला, गरगहना, श्रृंगारका सामाग्रीहरु, नेपाली अर्गानिक खाद्य पदार्थलगायतका सामाग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । मेलामा १० भन्दा बढि स्टलहरु असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदि बहिनीहरुलाई निशुल्क उपलब्ध गराईएको छ । सन २००२ बाट महिला…
काठमाडौँ :सरकारले गैरकानूनी र अनियमित कामकारबाही गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री मात्रिकाप्रसाद यादवले ‘व्यापारको नाममा अपराध’ गर्ने छुट कसैलाई नभएको बताए । गुणस्तरीय वस्तु वा सेवा सुपथ मूल्यमा प्राप्त गर्ने अधिकारको रक्षा गर्न सरकार सधैँ क्रियाशील रहने उनको भनाइ थियो । चाडवाड नजिकिएसँगै उपभोक्ता ठगिने श्रृङ्खला बढ्न सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै उनले भने , “बजार शुद्धीकरण अहिलेको प्रमुख आवश्यकता हो, जुनसुकै बहानामा उपभोक्ता ठगिनु हुँदैन, गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउनु जनताको अधिकार हो ।” मन्त्री यादवले सरकारले बजार अनुगमन…
काठमाडौँ: रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि शुरु हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । दोस्रो चरणको भाषा परीक्षामा करीब तीन हजार २०० परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए । कम्प्युटरबाट परीक्षा लिइने भएकाले उक्त परीक्षा करीब एक महिनासम्म चल्नेछ । दक्षिण कोरिया सरकारले इपिएसअन्तर्गत काम गरी वैधानिक तवरले फर्केका व्यक्तिका लागि पुनः कोरियामा काम गर्ने अवसर प्रदान गर्न सिविटी परीक्षा सञ्चालन गर्दै आएको छ । कम्प्युटरमा आधारित विशेष…
काठमाडौँ: के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५” मा त्यस्तो कडाइको व्यवस्था गरिएको हो । कुनै अभिभावकले आफ्ना विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा भर्ना नगराएमा, विद्यालयले भर्ना लिन इन्कार गरेमा, विद्यार्थीले पढ्न पाउन नसक्ने अवस्था भएमा, त्यसबारे स्थानीय तहलाई लिखित जानकारी नदिएमा वा परीक्षा दिन रोक लगाएमा कसुर हेरेर रु तीन हजारदेखि रु २५ हजारसम्म जरिवाना हुने प्रस्ताव सो…
काठमाडौँ: अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले प्रदेश सरकार र स्थानीय सरकारको प्राबिधिक क्षमताको अभावको कारणले करको मामलामा कतिपय अवस्थामा जनताको चाहना बिपरित भएको हुन सक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आज राजधानीमा आयोजित “संघियता पछिको कर प्रणाली र व्यावसायिक चुनौती“ बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, “नेपाल भर्खर संघीय संरचनाको अभ्यासको चरणमा गएकोले र यो अभ्यास नेपालको नेतृत्वको लागि मात्र नभै कर्मचारीतन्त्रको लागि पनि बिल्कुलै नयाँ भएकोले प्रदेश र स्थानीय तहले संबिधान बमोजिम नै लगाएको भएपनि करको दर र दायरामा केहि दुबिधा सृजना भएको छ ।“ उनले संघीय संरचना अन्तर्गत करको…
काठमाडौँ: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उहाँलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । तर प्रहरीले काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो ।