Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार…

Read More

काठमाडौं: सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच÷पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास…

Read More

काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज एकैदिन सुन तोलाको २ हजार रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० पुगेको छ । बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं: ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८मा ठेक्का सम्झौता गरेको थियो । ६वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेकोछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने…

Read More

काठमाडौं: विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसि पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असोज ३० गते एशियाली विकास बैकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन्। उक्त भेटमा अर्थमन्त्री खनालले एशियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदानको चर्चा गरे । मन्त्री खनालले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढ रहेको बताए । एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजना बारे बताउँदै अध्यक्ष कान्दालाई नेपाल भ्रमणको लागि निमन्त्रणासमेत गरे । अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा जिज्ञाशा…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट आज पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा २.५६ र डिजेलमा ०.२५ ले घटेर आएको निगमले जनाएको छ। निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत् राखिएको छ। निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६।५० रुपैयाँ कायम भएको छ।

Read More

काठमाडौँ: नेपाल लगातार दोश्रो पटक विश्व कप क्रिकेट टी-२० मा पुग्न सफल भएको छ/ आज साँझ भएको नेपाल र ओमनबीचको खेलमा नेपालले ओमानलाई ३८ रनले हराए संगै नेपालले इंडिया र श्रीलंकामा हुने विश्वकप क्रिकेट खेल्न निश्चित गरेको हो/ टस जितेर ब्यटिङ्ग गर्न आएको नेपालले कुशल भुर्तेलको ५१ बलमा ६९ रनको मदतले ओमन सामु १५२ रनको लक्ष प्रस्तुत गरेको थियो/ जवाफु ब्याटिङ्गमा आएको ओमानले भने २० ओभरमा ओमानले जम्मा ९ विकेटको क्षेतिमा ११३ रन मात्रै जोड्न सक्यो/

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय नेताहरूले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा नहट्ने दाबी गरेका छन् । बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही सुरवीरहरूले आफूलाई नेतृत्व छाड्न फेसबुकमार्फत भने पनि आफू सुन्ने पक्षमा नरहेको बताए । ‘केही पार्टीभित्र पनि सुरवीरहरुलाई लहड चलेको देख्छु । कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ । देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु’, उनले आफू सप्रिन देशभक्तिपूर्ण विचार छाड्नुपर्ने भन्दै प्रश्न समेत गरे । ‘हामी छाड्दैनौ । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन’, उनले भने, ‘यो कमिटीले भन्नुपर्छ । यसले भनेका बेला अँध्यारो मुख…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन सही छ भनेर कहीँ कतै सोच्न नसक्ने बताएका छन् । साथै उनले फागुन २१ मा घोषणा भएको निर्वाचन पनि नहुने बताएका छन् । वर्तमान सरकारलाई प्रतिगमनको संज्ञा दिँदै उनले यस्तो बताएका हुन् । ‘चुनाव हुनेवाला छैन, यो सरकारले चुनाव गराउने बाटो पनि समातेको छैन, अवैध सरकार हो यो,’ ओलीको भनाइ छ । बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र यस्तो बताएका हुन् । ‘अहिले लुरुक्क, कान खसाएर, असंवैधानिक सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटनलाई मान्ने ?’ ओलीले भने, ‘ हामीलाई यस्ता कुरा मान्नै दिँदैन । कतै यो…

Read More

काठमाडौँ । प्रतिनिधिसभा विघटनका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका फरक–फरक धारणा आएका छन् । सभामुख देवराज घिमिरेले बुधबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग गरेको छलफलमा कांग्रेस र एमालेका फरक फरक धारणा आएका हुन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा सहभागी विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै सरकारले घोषणा गरेको निर्वाचनको तयारी पनि थाल्ने बताए । ‘आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छौँ । पार्टीको दसैंअघि बसेको कार्यसम्पादन समिति बैठकले असंवैधानिक भनिसकेको छ तर कांग्रेस लोकतान्त्रिक पार्टी हो, त्यसैले निर्वाचनबाट भाग्दैन । सर्वोच्चको…

Read More