Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौं आज (आइतबार) राति १२ बजेदेखि लागू हुने गरि नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो। अबदेखि प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ। आइतबार बसेको निगमको संचालक समितिको २३३५औं बैंठकले स्वचालित बिक्री मूल्य सम्बन्धी कार्यविधि-२०८० पास गरेको छ। निगमले आजै राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलको मूल्य ६ रुपैयाँ घटाएको छ। अब काठमाडौंमा प्रति लिटर १६४ रुपैयाँमा पेट्रोल पाइने छ। तराईमा १६१.५० रुपैयाँ (क वर्ग), १६३ रुपैयाँ…

Read More

धनुषा: भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्नुहुने छ ।जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने छ । दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ । सत्र किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८…

Read More

काठमाडौँ: जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गर्नुभएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ जानुभएको हो । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा हुनुहुन्छ । अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किनुहुनेछ । नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनुहुनेछ । जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास,…

Read More

काठमाडौँ: इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ। डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ।

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । निगमले २०८० साल साउन १ गतेदेखि इन्धनमा पूर्ण रूपमा स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने जनाएको छ । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागू गरिने निगमले जनाएको छ । यसअघि मूल्य घट्दा…

Read More

काठमाडौँ: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न विधेयक,२०८० पारित गर्ने कार्यसूची छ। बैठकको सुरूवातमा मउक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि कानुनमन्त्री धनराज गुरूङले विधेयक पेस गर्नेछन्। विधेयकमाथि प्राप्त संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । आजकै बैठकमा शिक्षामन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। आज राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिक देखि…

Read More

काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेकाको लागि प्रिमियममा आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । इन्स्योरेन्सले पहिलो चरणमा कुल निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । विभागले मुलुकका अधिकांश भागमा आज पनि वर्षा हुने जनाएको छ । विभागका अनुसार मुलुकका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी…

Read More

काठमाडौँ: असारको अन्तिमसातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम हो । गत वर्ष यस अवधिमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । यस वर्ष २९ असारसम्म ७ लाख १८ हजार ५७६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । यस अवधिमा सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । सो प्रदेशमा ८५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस्तै, सबैभन्दा…

Read More