Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
अहमदाबद: साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो । यस जितका नायक शुभमन गिल (६० बलमा १२९ रन) र मोहित शर्मा (१० रनमा ५ विकेट) थिए । गिलले सिजनको तेस्रो शतक प्रहार गरे । उनी प्लेअफमा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान बने भने गुजरात लगातार दुई सिजन फाइनलमा पुग्ने तेस्रो आईपीएल टोली बनेको छ। अहमदाबादको पीएम नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति भएको खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३३ रन बनाएको…
काठमाडौँ: शुक्रबार दुईपटक समय तोकेर पनि बस्न नसकेको प्रतिनिधि सभाको बैठक आज बस्दै छ। शुक्रबार साँझ ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो। संघीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, ‘(शुक्रबार साँझ) ६ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ।’
काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिने किशोरीको उमेर खुल्ने कागजात अस्पताल र वडा कार्यालयले पुनः पठाएका छन्। जिल्ला अदालत काठमाडौंले पुनः माग गरेपछि पर्साको नारायणी अस्पताल र नुवाकोटस्थित किशोरीको वडा कार्यालयले पुनः उपलब्ध गराएका हुन्। बुधबार दुवै कार्यालयबाट किशोरीको जन्मदर्ताको कागजात बुझाएका हुन्। किशोरीले आफू नाबालिग रहेको भन्दै नागरिकता लगायतका कागजात पेश गरेकी छन्। सन्दीप पक्षले किशोरी नाबालिग नरहेको प्रमाण अदालतमा बुझाएका छन्। सुरुदेखि नै किशोरी नाबालिग हुन् वा होइनन् भन्ने विवाद छ। उनका कागजात समेत फरक परेका छन्। बसाईसराई, जन्मदर्ता, शैक्षिक प्रमाण पत्र, विद्यालयमा भएको अभिलेख, किशोरी जन्मिएको अस्पतालको अभिलेख र नागरिकतामा उमेर बाझिएको छ। यसपटक पठाएका…
काठमाडौँ:सिंहरदरबारमा अहिले सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भइरहेको छ। प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्षका नेता र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो। पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेका सांसदले गरेको अवरोधका कारण शुक्रबार विषय प्रवेश नगरी स्थगित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ। आफ्ना अध्यक्ष ओलीलाई माओवादी केन्द्रका सांसदले संसद्मै भ्रष्टाचारको आरोप लगाएपछि त्यस विषयमा स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने अडानमा एमाले छ। सोही विषयमा सहमति जुटाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भइरहेको हो।
काठमाडौं: नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो । एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान सुरु भएको हो। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गरिएको छ। सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागिएको र पहिलो प्रतिवादीका रुपमा केशव प्रसाद दुलालको नाम समावेश भएको कारण पहिलो बयान दुलालकै लिन लागिएको हो । बुधबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको २२४ पृष्ठ लामो अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाउँदा केशवप्रसाद दुलालको नाम पहिलो प्रतिवादीका रुपमा रहेको छ । त्यसैगरी दोस्रो प्रतिवादीका रुपमा दोस्रो नम्बरमा…
काठमाडौं: काठमाडौं उपत्यकामा चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा १९ रुपैयाँ तोकिएको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएसँग नयाँ भाडा तोकिएको हो । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा २० रुपैयाँ रहेको थियो । मन्त्रालयले घटाएको भाडादर शुक्रबार राजपत्रमा प्रकाशित भइसकेकाले नयाँ भाडा लागु भएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । ‘नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ,’ उनले भने । योसँगै ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ, १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ, १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ रुपैयाँ तोकिएको…
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घट्दै १ लाख ८ हजार ३०० रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा ५०० रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ: प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे सुरु हुनेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ। ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आव २०८० ८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ। त्यसअघि नीति तथा कार्यक्रममा बोल्न बाँकी सांसदहरूले धारणा राख्नेछन्। प्रधानमन्त्रीले…
फेरी समस्या हुन नदिन समिति गठन काठमाडौँ: नागार्जुन नगरपालिका १ नम्बर वडाको सम्पूर्ण वस्तिहरुमा रहेका अव्यवस्थित कबुल र विद्युतीय तारको व्यवस्थापन कार्य सम्पन्न भएको छ ।१ नम्बर वडाका अध्यक्ष रामेश्वर लामाका अनुसार दुई महिनाभन्दा बढी समय लगाएर वस्तीको मुख्य र सहायक सडकहरुमा देखिने तारका गुझुल्टोको व्यवस्थापन कार्य सम्पन्न भएको हो । “हामीले वडालाई वातावरणीय प्रदुषणबाट मुक्त राख्न र यसबाट हुन सक्ने मानविय दुर्घटनाको जोखिम कम गर्न यो कार्य सुरु गरेर विभिन्न चुनौतीका वाबजुत चैत्र ८ गतेबाट सुरु गरेर जेष्ठ ६ गते सम्पन्न गरेका हौँ,” लामाले भने। वडा र नगरपालिकाको एक रुपियाँ पनि खर्च नगरी यो तार व्यवस्थापनाको कार्य सम्पन्न भएको…