फेरी समस्या हुन नदिन समिति गठन
काठमाडौँ: नागार्जुन नगरपालिका १ नम्बर वडाको सम्पूर्ण वस्तिहरुमा रहेका अव्यवस्थित कबुल र विद्युतीय तारको व्यवस्थापन कार्य सम्पन्न भएको छ ।
१ नम्बर वडाका अध्यक्ष रामेश्वर लामाका अनुसार दुई महिनाभन्दा बढी समय लगाएर वस्तीको मुख्य र सहायक सडकहरुमा देखिने तारका गुझुल्टोको व्यवस्थापन कार्य सम्पन्न भएको हो ।
“हामीले वडालाई वातावरणीय प्रदुषणबाट मुक्त राख्न र यसबाट हुन सक्ने मानविय दुर्घटनाको जोखिम कम गर्न यो कार्य सुरु गरेर विभिन्न चुनौतीका वाबजुत चैत्र ८ गतेबाट सुरु गरेर जेष्ठ ६ गते सम्पन्न गरेका हौँ,” लामाले भने। वडा र नगरपालिकाको एक रुपियाँ पनि खर्च नगरी यो तार व्यवस्थापनाको कार्य सम्पन्न भएको हो, लामाले भने।
“स्थानिय वासिन्दाले निस्वार्थ रुपले प्रदान गर्नु भएको खाजा पानि र मेरो आफ्नै नीजि खाजा खर्चको पैसाले यस कार्यमा जुट्ने कर्मचारीहरुले निरन्तर काम गर्न सक्नु भयो,” उनले भने।
यो दौरानमा कुल २५ किलोमिटर बस्तीका बाटोमा (मुख्य र सहायक भित्री सडक गरेर) रहेका अव्यवस्थित तार र जोखिम युक्त ७ वटा पोलहरु काटेर व्यवस्थापन गरिएको उनले जनाए। हामीले त्यसैगरी बस्तीहरुबाट कुल १५ ट्रक काम नलाग्ने कबुल र टेलिफोनका तारहरु व्यवस्थापन गरौँ, उनले भने।
१ नम्बर वडास्थित राधाकृष्ण टोल सुधार समितिका अध्यक्ष एक नारायण उपाध्यायका अनुसार तार व्यवस्थापनको कार्य सकिएपछि हाल बस्ति र मुख्य सडकहरु सफा र सुरक्षित देखिएका छन्। वडाको यो पहलकदमीले सम्पूर्ण वडावासीलाई खुशी र सुरक्षित महसुस गराएको छ।
त्यसैगरी, वडाकै स्थानिय बासिन्दा सुष्मा ढकालका अनुसार अहिले बस्तिको हरेको चोक र मुख्य सडकहरुमा तारको व्यवस्थापनले बस्ति सफा र हेर्न लायक भएको छ।
अध्यक्ष लामाले भने अब पनि पुनः यो अव्यवस्थित तरिकाले तारहरु राख्न कार्य रोक्न स्थानिय र वडाले स्थापना गएको एउटा तार व्यवस्थापन कमिटिका सदस्यहरुले निरन्तर अनुगमन भएर सोहि अनुरुपको कार्य हुनेछ।
