Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवश मनाएको छ । बैंकले “एक कर्मचारी, एक विरुवा रोपण” अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट÷बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो । बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । बैंकले आयोेजना गरेको यस वृहत वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता…

Read More

काठमाडौँ: काठमाण्डौं महानगरपालिकाले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयलाई जेठ २८ गतेसम्मको समयसीमा दिएको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै जेठ २८ गते भित्र छात्रवृत्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । महानगरपालिकाले यसअघि बैशाख २४ गते नै महानगरभित्र सञ्चालन भएको सम्पूर्ण विद्यालयलाई छात्रवृत्तिको विवरण उपलब्ध गराउन पनि पत्राचार गरेको थियो । यस्तै महानगरपालिकाले जेठ १० गते गोरखापत्रमा सूचना प्रकाशित गरी जेठ १५ गतेभित्र छात्रवृत्ति उपलब्ध गराई त्यसको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो । महानगरले यसरी बारम्बार पत्राचार र सूचना प्रकाशित गर्दा समेत अटेर गर्ने विद्यालयलाई जेठ २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको हो ।जेठ २८ गतेसम्म…

Read More

काठमाडौँ, २२ जेठ:प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसदमा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँको भनाई थियो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण सफल हुन नसकेको टिप्पणी पनि गर्नुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण फितलो प्रदर्शन भएको आरोप पनि लगाउनुभयो । भारतसँगको द्विपक्षीय वार्तामा बस्दा नेपालको परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व नदेखिएको तथा महत्वपूर्ण वार्ताका समयमा समेत मन्त्री, सचिव, शिष्टाचार महापाल पनि…

Read More

काठमाडौँ, २२ जेठ:यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।

Read More

‘दुर्घटनामा ११ जना घाइते छन् । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ’ पाल्पा । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । एक जना बालकको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतमको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । आइतबार घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६…

Read More

“धेरै सङ्ख्यामा नमुना प्रश्नपत्र तयार गरी तिनको परीक्षण विद्यार्थीमाथि गरिनुपर्छ। ” काठमाडौँ: गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन् । कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगर्दा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ । यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन । हाल परीक्षामा बर्सेनि जस्तो प्रश्न दोहोरिने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सूर्य प्रसाद पाण्डेले लेखेका छन् । विषय महत्व र प्रधानताको हिसावले हामीले…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको भन्दै आइतबार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित भएका छन्। आइतवार बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका हुन्। सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसद्हरु ड्यासबाट उठेर अवरुद्ध गर्न उत्रिएका हुन्। बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिए। बैठकमा खासगरी एमालेका सांसदहरुले असंवैधानिक नारिकता विधेयक खारेज गर, भैंसीसँग देश बेच्न पाइँदैन, प्रधानमन्त्रीको विवादित भनाइ…

Read More

काठमाडौं: आन्दोलनरत लगानीकर्तासँग छलफल गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयरको कर सम्बन्धमा सरकार लगानीकर्ताको पक्षमा रहेको बताएका छन्। सरकारले बजेटमार्फत पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरुको आम्दानीमा कर लगाउने व्यवस्था गरेको थियो। यो व्यवस्थाले सेयर बजार ओरालो लागेको थियो। लगानीकर्ताले पनि आन्दोलन थालेका थिए। अर्थसचिव अर्जुन पोखरेलको नेतृत्वमा आइतबार मन्त्रालयमा लगानीकर्तासँग छलफल थालिएको थियो। छलफलमा अर्थमन्त्री महत आफैं पनि उपस्थित भएका थिए। उनले लगानीकर्ताको मागमा समर्थन जनाउँदै पुँजीगत लाभकर नै अन्तिम भएको बताएका थिए। उनले कसैलाई पनि प्यानिक नहुन आग्रह गरेका छन्। मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कर नलाग्ने जनाएको हो।

Read More

काठमाडौँ:शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् । आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने जनाएपछि लगानीकर्ता केही दिनदेखि आन्दोलित छन् । उनीहरूले सरकारलाई करको दर परिमार्जन नगरी विद्यमान व्यवस्था लागू गर्न दबाब दिने उद्देश्यले ब्रोकर कार्यालयहरूमा ताला लगाएका हुन् । लगानीकर्ताले विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७ दशमलव ५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले भने बुधबार नै सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको प्रस्टीकरण…

Read More

काठमाडौँ:साताको पहिलो कारोबार दिन आज आइतबार सुन र चाँदीको भाउ घटेको छ। सुना तोलामा १ हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

Read More