Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरूको आज देखी अदालती बयान सुरु हुन लागेको हो । सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्काालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो । गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा…
काठमाडौँ:चार वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको काम अघि बढ्ने भएको छ। पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको थियो। आयोजना प्रमुख बोधराज ढकालले जिल्ला समन्वय समितिमा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकको निर्णयपछि प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने काम सञ्चालन भएको बताए। बैठकले स्थानीयवासीहरुले उठाएको विद्युत् आपूर्तिसम्बन्धी मागको सुनुवाइ गर्ने र आयोजना निर्माणलाई गति दिने निर्णय गरेको थियो। जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बुधबार बेनीमा आयोजना र नेपाल विद्युत् प्राधिकरणका अधिकारी, प्रभावित वडा र पालिकाका जनप्रतिनिधि, प्रजिअ तुलसीराम पौडेललगायत सुरक्षा अधिकारीहरुको…
काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइन पुगेको छ । २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो । त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले रातोपाटीलाई बताए । उनले भने, ‘रेशम चौधरीजीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा हिजो अबेर फाइलहरू आएको छ भनेर मलाई कानुनको सहसचिवज्यूले जानकारी गराउनु भएको थियो ।’ चौधरीको माफीका लागि धेरै ठूलो फाइल भएकाले बुधबार राष्ट्रपति पौडेल समक्ष जाहेर भइनसकेको…
नेपाली कांग्रेसबाट नागार्जुन नगरपालिका वडा नम्बर १ का निर्वाचित वडाध्यक्ष रामेश्वर लामाको राजनीतिक यात्रा २०७४ सालको पहिलो स्थानीय चुनावबाट सदस्यको रुपमा भएको हो। तर राजनीति, समाजसेवा र आफ्नो व्यवसायिक पेसामा भने उनी लामो समयदेखि विशेष गरी रानीबन क्षेत्रमा सक्रिय छन्। व्यवसायिक पृष्ठभूमिका लामा, वडाको सदस्यको रुपमा निर्वाचित भइसकेपछि उनले आफ्नो पुर्खेउली ब्यापार व्यवसायको पेशालाई पूर्णतः बिश्राम दिंदै राजनीति र जनताको सेवामा अहिले पूर्णकालीन रुपमा अग्रसर छन्। निस्वार्थ भावले जनताको काम र उनीहरुलाई पर्ने समस्यालाई आफ्नै समस्या ठानेर काम गर्न सके वडा स्तरमा रहेर चुनाव जित्न त्यती गार्हो नहुने तर्क उनको छ। त्यसैले वडा सदस्यको रुपमा रहेर गरेको कामले नै हाल…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सबै ३० जना प्रतिवादीविरुद्ध ५ वटा कसूर लगाउने निर्णय गरेको छ । उनीहरुविरुद्ध ठगी, संगठित अपराध, कीर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरमा सजाय गर्न माग गरिएको छ । ठगीमा बिगो, ७० हजार रुपैयाँसम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय हुन्छ । यस्तै, संगठित अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुन्छ । एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसूरको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसूर बापतको सजायको आधा सजाय थप गरि सजाय गर्नुपर्ने कानूनी व्यवस्था छ । यस्तै, राष्ट्रहित प्रतिकुल कार्य गर्न नहुने कसूरमा ५ वर्षसम्म कैद र…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै शीर्ष तहका व्यक्तिहरूको नाम मुछिएपछि लाज पनि लजाएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको परीक्षा भइरहेको बताए। उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण सरकार र हाम्रो अगाडि यसरी आएको छ कि यो विषयलाई सरकारले राम्रोसँग टुङ्ग्यायो भने सरकारको वाचाहरूको विश्वास हुन्छ। अहिले जसरी नाम आउन थालेको छ। त्यहाँ लाज पनि लजाएको जस्तो छ। कोको परेको कोको नपरेको सुन्दासुन्दै हामीले देखिरहेका जिम्मेवारी लिएका मान्छेहरू एकपछि अर्को गर्दै तानिँदै जाने हो कि भन्ने लागेको छ। यसमा सरकारको परीक्षा छ।’ अनुसन्धान कसरी भइरहेको जनताले हेरिरहेले हेरिरहेको…
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वउर्जामन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको प्रमुख योजनाकारमध्येका एक रहेको दाबी गरेको छ । सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको अभियोगपत्रमा नक्कली शरणार्थी प्रकरणमा रायमाझीको अनेक भूमिका देखिएको उल्लेख छ । नक्कली शरणार्थीहरुलाई विदेश पठाउनकै लागि उनले शरणार्थी नेता टेकनाथ रिजाललाई भेटेर सहयोगको प्रस्ताव गरेको, योजना बनाएर बारम्बार मिटिङ र छलफल गरेको, बाबुछोराले रकम बुझेको, गृहमन्त्रालयभित्र यसै विषयमा भएको झैझगडा मिलाएको अनि गृहमन्त्रालयमा रहेको प्रतिवेदन साटफेरमा भूमिका खेलेको अभियोगपत्रमा उल्लेख छ । रायमाझीमाथि गिरोह बनाएर नेपालीलाई नक्कली शरणार्थी बनाउन खोजेको र त्यसक्रममा शरणार्थी नेता रिजाललाई भेटेको आरोप छ…
काठमाडौँ: आज (बुधबार) संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठक बस्दै छ। सभामुख देवराज घिमिरेका अनुसार संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ। यसैबीच सरकारको नीति तथा कार्यक्रमबारेको छलफल आज पनि जारी रहने भएको छ। त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने…
काठमाडौं: सरकारले अव पर्यन्त असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसघि २०३१ सालदेखि फाल्गुन १२ गते शिक्षा दिवस मनाउने गरिएको थियो। पछि गणतन्त्र आएपछि पुन यो काम बिचबिचमा रोकिएको थियो र २०७८ देखि सरकारले शिक्षा दिवस मनाउन छोडेको थियो। उनले भनिन्, ‘ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।’ जापान सरकारबाट प्राप्त हुने मानव संसाधन…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । उनले सीमा समस्या समाधान गर्नमा सरकारले कूटनीतिक पहल गर्ने पनि बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सीमाको विषयमा उठेका प्रश्नको जवाफ दिएका हुन् । भारतले मिचेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको रहेकोमा सरकार स्पष्ट रहेको उनले बताएका हुन् । परराष्ट्र नीति संचालनमा पनि सरकारको धारणा स्पष्ट रहेको उनले बताए । ‘परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने कुरामा सरकार विश्वास राख्दछ । राष्ट्रिय हितलाई…