Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: राष्ट्रिय विभुति तथा सगरमाथा चढ्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङका अनुसार उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका हुन् । थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड समेत राखेका छन् । उनी आफ्नो धर्मपत्नी पासाङ ल्हामुले सगरमाथाको चुचुरो चुम्दै रेकर्ड राखेको ३० वर्षपछि सगरमाथा चढेका हुन् । १० वैशाख २०५० का दिन पासाङ ल्हामुले सगरमाथा आरोहण गर्दै नेपालको पहिलो महिला आरोही बनेकी थिइन् । सो बेला श्रीमान सोनाम समेत सँगै…
काठमाडौँ: कीर्तिमानी आरोही कामी रिता शेर्पाले बुधबार २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान साढे ८ बजे उनले सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । कामिरिता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै विश्व रेकर्ड तोडेका छन्। सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रुपमा कार्यरत छन् । जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए ।
काठमाडौँ: लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाइएको छ। डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो। अन्तर-प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ३.२ प्रतिशतले घटाइको हो। सार्वजनिक यतायातको भाडा इन्धनको मूल्य ५ प्रतिशतभन्दा तलमाथि भएपछि समायोजन गरिन्छ। हालको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो। अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ। यातायात व्यवस्था विभागले पहाडी क्षेत्रमा मालबाहक सवारीसाधनको ४.१९ प्रतिशत र तराईको बाटोमा ४.६५ प्रतिशतले भाडा घटाएको छ। डिलक्स गाडीले भने तोकिएको भाडा दरभन्दा २० प्रतिशतसम्म बढी लिन पाउँछन्।
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर पक्राउ परेकाहरुलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने बताएका छन्। कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेर बयानका क्रममा रहेका बेला उनीहरुलाई जोगाउने काम गर्न नहुने उनले बताएका हुन्। शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो उनीहरुको निजी विषय हुने पनि उनले बताएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र नभइ संगठित अपराध र मानव बेचबिखन भएको उनले बताएका छन्। ‘नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो। तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न…
काठमाडौं: नेपाल आयल निगमले डिजलको मूल्य लिटरमा १० रुपैयाँ घटाएको छ। निगमको मंगलबार बसेको संचालक समिति बैठकले लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। अव उपभोक्ताले डिजल लिटरको १ सय ५५ रुपैयाँमा पाउनेछन्। निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो। निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको थियो।
काठमाडाैं: सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो । जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि सुनुवाइपछि सफाइ दिन नपर्ने फैसला उल्लेख गर्दै उक्त आदेश गरेको हो । अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च दिपायलले ठहर गरेको पाँच वर्ष कैद सजायलाई घटाएर तीन वर्ष सजाय ठहर गरेको जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको छ । नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण…
काठमाडाैं: चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी सार्वजनिक तथ्यांकले गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने देखाएकाे हाे । त्यस्तै, वागमती प्रदेशको वृद्धिदर सबैभन्दा कम १.४४ रहने अनुमान गरिएको छ । संशोधित अनुमान अनुसार गत आ.व.मा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत देखिएको थियो भने सबैभन्दा कम मधेस प्रदेशमा ४.६ प्रतिशत रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले यस आ.व.मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव ५३ खर्ब ८१ अर्ब हुने अनुमान…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज (मंगलबार) भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले सबै संसदीय समितिका बैठक आज सुरु भएकाले अब संसद्ले लय समातेको बताए। उनले भने, ‘संसद्मा विचाराधीन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु।’ प्रधानमन्त्री प्रचण्डले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यका लागि सभामुख घिमिरेले गरेको प्रयासको प्रशंसा गरे। यस क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारकाले यही जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी पनि गराए। उता सभामुख घिमिरेले…
काठमाडौं: आन्तरिक उत्पादन तथा औद्योगिककरणका बारेमा बहस र छलफल गर्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघले मेकइन नेपाल स्वदेशी समिट २०२३ आयोजना गरेको छ। औद्योगिक उत्पादनको वर्तमान अवस्था, सरकारले लिनुपर्ने नीति र बन्नुपर्ने संरचनागत व्यवस्थाका बारेमा उद्योगी व्यवसायी, नीति निर्माता तथा विज्ञहरू एकै ठाउँमा बसेर बहस छलफल गर्ने उद्देश्यसहित परिसंघले सम्मेलनको आयोजना गरेको हो। समिटको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले परिसंघसँग मेकइन नेपाल अभियासन सञ्चालनका लागि सहकार्य गरिरहेको र यो समिटबाट आउने सुझाव तथा निष्कर्ष अनुसार काम गर्नका लागि तयार रहेको बताए। रोजगारी सिर्जना तथा दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन बढ्नुपर्नेमा सरकार स्पष्ट भएको उनको भनाइ छ।…
काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । सबै समितिका बैठक बिहान नौ बोलाइएको छ । प्रतिनिधिसभा गठन भएको छ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । सभामुखको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा…