Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन्। बैठकमा प्रधानमन्त्रीले भने, “मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।” “विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ” प्रधानमन्त्रीले भने, “बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोंचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको बताएका हुन् । ‘नेपाल सरकार आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ। परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ । सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्नो पार्टीमा पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफुहरुले नसहने बताएका छन् । उनले भनेका छन् : ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं। कडा भन्दा कडा कारवाही गर्छौ। बेथितिको बचाउ गर्दैनौं बरु उदाङो पारी दण्डित गर्छौ।’ लामिछानेले पार्टी नयाँ भएकोले मान्छे चिन्न गाह्रो भएको बताउँदै तर पार्टीमा विधि भएकोले चिन्ता गरिरहनुनपर्ने बताएका छन् । उनले…

Read More

काठमाडौं: ब्रोकर लाइसेन्स, अर्को स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न चुनावअघि परेको मुद्दालाई सर्वोच्च अदालतले तत्कालका लागि बाटो खुलाइदिएको छ। अब नेपाल धितोपत्र बोर्डले पाँच महिनादेखि रोकिएको प्रकृया अगाडि बढाउन सक्ने छ। बोर्ड अध्यक्ष रमेशकुमार हमालले सर्वोच्च अदालतको संक्षित आदेश आएपछि संचालक समितिको निर्णय अनुसार अघि बढ्ने बताए। ‘संक्षिप्त आदेश सम्मानित सर्वोच्च अदालतबाट आएपछि संचालक समिति बैठक बस्छ। त्यो बैठकले दिएको निर्देशन अनुसार हामी अघि बढ्छौं,’ उनले भने। बोर्डले ब्रोकर, एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज खोल्नका लागि इच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको थियो। ३० देखि ४५ दिनसम्मको समय दिएर आवेदन माग गरिएपछि अदालतमा मुद्दा परेको थियो। सर्वोच्च…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ । अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ ।

Read More

ललितपुर: नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ ।“न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी” भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।नयाँ वर्षका लागि विशेष सांगितिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ ।नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा रमाउनको लागि १३ हजार हजार रुपियाँमा पर…

Read More

काठमाडौं: धौलागिरी बेसक्याम्पमा हेलि एभरेष्टकाे हेलिकप्टर दुर्घटनामा परेको छ । पोखराबाट धौलागिरी बेसक्याप पुगेको उक्त हेलिकप्टर टेकअफकाे क्रममा दुर्घटनामा परेको हो । ९ एन ए एन वी नम्बर भएको हेलि एभरेष्टको उक्त हेलिकप्टरले आइतबार मध्यान्ह १२ बजे पोखराबाट धौलागिरी बेस क्यापका लागि उडान भरेको थियो । ‘उक्त हेलिकप्टरले धौलागिरी र अन्नपूर्ण बेस क्यापमा सामान लैजाने गरेको थियो, धौलागिरी बेसक्यापमा सामान झारेर टेकअफ गर्ने क्रममा भित्तामा ठोकिएर जहाज दुर्घटनाग्रस्त भएको हो’, नागरिक उडड्यन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । उनका अनुसार जहाजमा पाइटल श्रीया अधिकारी मात्र रहेका थिईन । उनको एयर डाइनास्टीकको हेलिकप्टरबाट उद्धार गरी मेडिसिटी अस्पतालमा ल्याउन…

Read More

काठमाडौँ: सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृषि विकास बैंक लिमिटेडले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेलाई सहयोग गरेको छ । कीर्तिपुरस्थित गुतपौ टोलमा एक विशेष कार्यक्रम वीच कृषि विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेका अध्यक्ष प्रदिप महर्जनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । सो अवसरमा सुवेदीले दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका थिए । कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले उक्त जह्रुँगाः र हाथु भैरबसँगै नेवा परम्परागत शैलीमा अन्तीबाट अय्ला राख्दै गरेको नेवा मैंचाको मूर्ती स्थापनार्थ कृषि विकास बैंकको सहयोग सराहनीय रहेको बताए । उक्त अवसरमा कीर्तिपुर…

Read More

काठमाडौं: हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही…

Read More

काठमाडौँ: सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुले अब देशभरका ४४ वटा अस्पतालमा उपचार गराउँदा उपचार खर्चको २० प्रतिशत रकम मात्र बुझाए पुग्ने भएको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि विभिन्न ४४ वटा अस्पतालसँग उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी अनलाइन सम्झौता गरेको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । नियमित योगदान गर्ने योगदानकर्ताले…

Read More