Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: शेयर बजार परिसूचक मापक तीब्र उतार चढावका बीच सोमबार नेप्सेले १६.०४ अंकले बढेर ऐतिहासिक उचाइ चुमेको छ । बजारको सुरुवाती पाँच मिनेटबाटै अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्नतर्फ लाग्दा उच्च बिक्रीचापका कारण घटेको नेप्से १२ बजेर ५४ मिनेटमा इन्ट्रा डे को सबैभन्दा न्यून बिन्दु २४०९.६२ बिन्दुसम्म झरेको हो । त्यसपछि लयमा फर्केको बजार २४४०.८७ को बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन २०८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर ७२ हजार ७७३ पटक कारोबार आउँदा कारोबार रकम ८ अर्ब ९० करोड ३५ लाख पुगेको छ । ठूला कम्पनीहरुको सूचप मापक सेन्सेटिभ इन्डेक्स ०.२४ अंकले घटेर ४५१.८२…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘मन्दिरभित्र संकल्पसहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भयो ।’ पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले करिब एक घण्टा बिताएका थिए । सो अवसरमा कोषका सदस्य सचिव डा. ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराएका थिए । सदस्यसचिव ढकालले भने, ‘पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा मैले जानकारी गराएँ, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा…

Read More

काठमाडौँ: दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको…

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले आज त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्ययन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाएका हुन् । सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी त्यस्ता शिक्षकको व्यवस्थापनका लागि सूची पठाउन त्रिविले निर्देश गरेको छ । गत पुस २४ गते विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सातबुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो । सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक…

Read More

काठमाडौँ: नेपाल सरकारको सार्वजनिक ऋण बढेर १४ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार गएको मङ्सिर महिनासम्म सरकारको सार्वजनिक ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ पुगेको हो । यो रकम गएको साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गएको साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो । अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म सरकारको ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसमध्ये ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक र आठ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ । चालु आर्थिक वर्षको…

Read More

काठमाडौँ; नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ। सरकारले नेपाल राष्ट्र बैंक मार्फत बोलकवोल प्रक्रियावाट ७ वर्षे विकास ऋणपत्र २०८४ ‘ङ’ निष्काशन गर्न लागेको हो। सो ऋणपत्र खरिदका माघ १३ गते राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गोप्य रुपमा बोलपत्र पेस गनुृ पर्नेछ । यसरी पेस गरिएको बोलपत्र माघ १४ निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ। धितोमा राखी कर्जा समेत लिन सकिने सो ऋणपत्रको सावाँ २०८४ माघ १४ गते भुक्तानी दिने केन्द्रिय बैंकले जनाएको छ । खरिदकर्ताले न्यूनतम ५० हजार देखि सो ले निषेश भाग जाने गरी कुल निष्कासीत रकमका लागी…

Read More

काठमाडौँ: राजनीतिक रुपमा विभाजित भई पार्टीको आधिकारिकता दाबी गरेका नेकपाका दुवै पक्षमध्ये निर्वाचन आयोगले कुनै पक्षको पनि दाबी स्वीकार गरेन। निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको हो। आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। बैठकले ३० पेजको निर्णय गरेको उनले बताए। ‘आज बसेको बैठकले साविक नेकपाको केन्द्रीय समितीका लागि पेस गरेको विवरण नै कायम रहेको र सोही जानकारी दुबै अध्यक्ष केपी…

Read More

काठमाडौँ: अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४० प्रतिशत) र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६.०८ प्रतिशत) रहेको छ । यस्तै वित्तीय व्यवस्था २२ अर्ब ५७ करोड रुपैयाँ (१३.०६) प्रतिशत रहेको छ । खर्चको स्रोतगत स्थितिमा सरकार ९राजस्व० ३ खर्ब ८० अर्ब रुपैयाँ, वैदेशिक अनुदान ५ अर्ब ६१ करोड रुपैयाँ र वैदेशिक ऋण ३० अर्ब ४ करोड रुपैयाँ छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को…

Read More

काठमाडौँ: नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । नेपाल बारले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरू र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर दिएको अभिव्यक्तिले अपमान भएको भन्दै माफी माग्न माग गरेको हो । प्रधानमन्त्री ओलीले माघ ९ गते आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरूप्रति लक्षित गरेर अभिव्यक्ति दिएका थिए । । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाबारे भइरहेकव सुनुवाइलाई लक्षित गरेर ओलीले भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलहरूले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ…

Read More