Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: ब्रोकर लाइसेन्स, अर्को स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न चुनावअघि परेको मुद्दालाई सर्वोच्च अदालतले तत्कालका लागि बाटो खुलाइदिएको छ। अब नेपाल धितोपत्र बोर्डले पाँच महिनादेखि रोकिएको प्रकृया अगाडि बढाउन सक्ने छ। बोर्ड अध्यक्ष रमेशकुमार हमालले सर्वोच्च अदालतको संक्षित आदेश आएपछि संचालक समितिको निर्णय अनुसार अघि बढ्ने बताए। ‘संक्षिप्त आदेश सम्मानित सर्वोच्च अदालतबाट आएपछि संचालक समिति बैठक बस्छ। त्यो बैठकले दिएको निर्देशन अनुसार हामी अघि बढ्छौं,’ उनले भने। बोर्डले ब्रोकर, एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज खोल्नका लागि इच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको थियो। ३० देखि ४५ दिनसम्मको समय दिएर आवेदन माग गरिएपछि अदालतमा मुद्दा परेको थियो। सर्वोच्च…
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ । अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ ।
ललितपुर: नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ ।“न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी” भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।नयाँ वर्षका लागि विशेष सांगितिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ ।नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा रमाउनको लागि १३ हजार हजार रुपियाँमा पर…
काठमाडौं: धौलागिरी बेसक्याम्पमा हेलि एभरेष्टकाे हेलिकप्टर दुर्घटनामा परेको छ । पोखराबाट धौलागिरी बेसक्याप पुगेको उक्त हेलिकप्टर टेकअफकाे क्रममा दुर्घटनामा परेको हो । ९ एन ए एन वी नम्बर भएको हेलि एभरेष्टको उक्त हेलिकप्टरले आइतबार मध्यान्ह १२ बजे पोखराबाट धौलागिरी बेस क्यापका लागि उडान भरेको थियो । ‘उक्त हेलिकप्टरले धौलागिरी र अन्नपूर्ण बेस क्यापमा सामान लैजाने गरेको थियो, धौलागिरी बेसक्यापमा सामान झारेर टेकअफ गर्ने क्रममा भित्तामा ठोकिएर जहाज दुर्घटनाग्रस्त भएको हो’, नागरिक उडड्यन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । उनका अनुसार जहाजमा पाइटल श्रीया अधिकारी मात्र रहेका थिईन । उनको एयर डाइनास्टीकको हेलिकप्टरबाट उद्धार गरी मेडिसिटी अस्पतालमा ल्याउन…
काठमाडौँ: सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृषि विकास बैंक लिमिटेडले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेलाई सहयोग गरेको छ । कीर्तिपुरस्थित गुतपौ टोलमा एक विशेष कार्यक्रम वीच कृषि विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेका अध्यक्ष प्रदिप महर्जनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । सो अवसरमा सुवेदीले दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका थिए । कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले उक्त जह्रुँगाः र हाथु भैरबसँगै नेवा परम्परागत शैलीमा अन्तीबाट अय्ला राख्दै गरेको नेवा मैंचाको मूर्ती स्थापनार्थ कृषि विकास बैंकको सहयोग सराहनीय रहेको बताए । उक्त अवसरमा कीर्तिपुर…
काठमाडौं: हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही…
काठमाडौँ: सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुले अब देशभरका ४४ वटा अस्पतालमा उपचार गराउँदा उपचार खर्चको २० प्रतिशत रकम मात्र बुझाए पुग्ने भएको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि विभिन्न ४४ वटा अस्पतालसँग उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी अनलाइन सम्झौता गरेको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । नियमित योगदान गर्ने योगदानकर्ताले…
काठमाडौँ: सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार चार डीआइजीलाई एकआईजीमा बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरेको ती मन्त्रीले जानकारी दिए । चैत १३ गते चारै जना डीआइजीलाई एआईजीमा बढ्वा गर्न समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
काठमाडौँ: सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । उनले भनिन्, ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बु निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामकरण…
काठमाडौं: आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन…