Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने बताएका छन । दार्जुलाको सदरमुकाम खलङ्गामा आयोजित डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्दै गभर्नर अधिकारीले डिजिटल कारोबार ‘पारदर्शिताको मेरुदण्ड’ भएको बताउँदै राष्ट्र बैंकले डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्ने बताए। नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए । डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहनसमेत उनले सबैलाई अनुरोध गरे । गभर्नर अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न…

Read More

काठमाडौं: हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ। तुवाँलो र हुस्सुले तराई प्रभावित भएको छ भने हिमपातले पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ। राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ। आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। हिमाली…

Read More

पेरिस: मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने । आक्रमणबारे अनुसन्धान भइरहेको छ । संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे…

Read More

हेटौंडा: बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । गएको मंसिर ४ सम्मपन्‍न निर्वाचनमा उनी धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए। प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनले बताए । बागमती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको रुपमा काम गर्ने बताए ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी अवैध सुन बरामद भएको छ। फ्लाई दुबईको जहाजबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो। त्रिभुवन विमानस्थल प्रहरीकाअनुसार उक्त सुन भन्सार चेकजाँचका क्रममा बरामद भएको हो। यो सबै सुन झोलमा परिणत गरेर खाडी हुँदै जहाजबाट नेपाल छिराएको खुलेको छ। प्रहरी र विमानस्थल भन्सारले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन्।

Read More

सर्लाही: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटाैँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उहाँले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताउनुभयो । उहाँले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उहाँको भनाइ छ । चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो । उहाँले यस वर्ष…

Read More

काठमाडौँ: मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरले महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरासँग वितरण केन्द्रसँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरी सो कार्य अघि बढाएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्ताको विद्युत् महसुलमा शत प्रतिशत छुट दिने निर्णय गरेको थियो । महानगरपालिकाले जम्मा १० युनिटको प्रतियुनिट छ रुपैयाँ ५० पैसाको दरले रु ६५ र न्यूनतम शूल्क रु ५० गरी प्रतिपरिवार रु एक सय १५ का…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको ५ महिना अर्थात साउनदेखि मंसिरसम्ममा मुलुकको कूल व्यापार घाटा झण्डै ६ खर्ब रूपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत मंसिर मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रूपैयाँ नाघेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो । पाँच महिनाको अवधिमा देशको कूल व्यापार ७ खर्ब ३२ अर्ब बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल ६ खर्ब ६४ अर्बको आयात हुँदा ६७ अर्ब ३० करोड रूपैयाँ बराबरको मात्र…

Read More

काठमाडौँ: कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट आज छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । हिजो छुटन उनले नमानेपछि आज अध्यागमन लैजाइने भएको हो । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो । जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा…

Read More

काठमाडौँ: हेफर इन्टरनेसनल नेपालले उन्नत जातका ४२ वटा बाच्छाबाच्छी नेपाल ल्याएको छ । कोरियाबाट एसियाना एयरलाइन्सको जहाजमा ल्याइएका बाच्छाबाच्छी आज साँझ ५ बजे काठमाडौँ आइपुगेको हेफर नेपालले जानकारी दिएको छ । हेफरले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गर्ने १ सय २१ बाच्छा र बाच्छीमध्ये आज ४२ वटा काठमाडौँ आइपुगेका हुन् । आज आइपुगेकामध्ये ३६ बाच्छी र ६ बाच्छा रहेका छन् । निःशुल्क रूपमा उपलब्ध गराउने ती बाच्छी र बाच्छा सबै ६ देखि ९ महिनाका छन् । शुद्ध होलेस्टेन जातिका भनिएका ती बाच्छी डेढ वर्षपछि ब्याउन योग्य हुनेछन् र एउटा ब्याएको गाईले दैनिक ३० लिटर दूध दिने बताइएको छ । पहिलो चरणमा…

Read More