Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू राजीनामा कुनै हालतमा नदिने, संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने बताएका छन् । काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीशले आफू न्यायाधीशहरू र नेपाल बारको मागअनुसार राजीनामा दिने पक्षमा नरहेको संकेत गरेका हुन् । अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधानन्यायाधीशले आफू जानकार रहेको बताएको उल्लेख गरे । ‘मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु भन्नुभएको छ,’ प्रधानन्यायाधीश जबराको कुरा उल्लेख गर्दै अर्यालले भने, ‘न्यायपालिकामा संकट आएको कुराप्रति जानकार छु । संविधानबमोजिम मेरो नियुक्ति…
काठमाडौँ: भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच दिल्लीमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ । उक्त छलफल पश्चात प्रधान सेनापति शर्मालाई भारतीय सुरक्षा दृष्टिकोणबारे प्रस्तुतिकरण समेत गरीएको थियो । सो अघि प्रधानसेनापतिले राष्ट्रिय समर स्मारकमा वीर शहीदहरुको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए । त्यसै गरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।
काठमाडौँ: वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षसहित सबै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अध्यक्षमा अनिल उपाध्याय चयन भएका छन्। आज सम्पन्न भएको संघको साधारण सभाले उपाध्यायलाई २ वर्षको लागि चयन गरेको हो। उनी कृषि विकास बैंकका सीईओ हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी बैंकका सीईओ सुनिल केसी चयन भएका छन्। सदस्यमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली, नेपाल एसबीआई बैंकका दीपककुमार द, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसियाका सीईओ रोशनकुमार न्यौपाने र लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह रहेका छन्। यस्तै, संघका पूर्वअध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना सल्लाहकार छन्।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ । ३ नयाँ नियुक्ति राष्ट्रपतिले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ नियुक्ति गरेकी छिन् । जसअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज…
काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । यस्तै अरु न्यायाधीशले भने रिट नहेरी आन्तरिक छलफलमा जुटेका हुन् । यद्यपि, प्रधानन्यायाधीशको इजलासमा भने मुद्दा हेरे । उनले एउटा मुद्दा तामेलीमा राख्दै अर्को मुद्दामा भने कारण देखाउ आदेश जारी गरेका छन् । यस्तै, अर्को एक मुद्दा भने हेर्न नमिल्ने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य…
काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मा अहिले ९:१५ बजे भारतको औपचारिक ४ दिने भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोष बल्लभ पौड्यालका अनुसार महारथी शर्मालाई प्रस्थान पूर्व जंगी अड्डमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उनी भ्रमण सकेर नोभेम्बर १२ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ। त्यहाँ रहंदा उनलाई भारतीय रास्ट्रपति राम नाथ कोभिंदले भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको फुली लगाइदिने छन्। शर्मा ९ सदस्यीय टोलि लिएर सेनाकै विमान मार्फत भारत गएका हुन् ।
काठमाडौँ: अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् । कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग पाउने भएका हुन् । रकम पाउने योग्य परिवारको संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी छ । कामपामा मात्रै १६ हजार २ सय ७० परिवार अतिविपन्नमा सूचीकृत छन् । तथ्याङ्कअनुसार उपत्यकामा दुई महानगर र दुई गाउँपालिकासहित २० नगरपालिकामा ३४ हजार ९ सय ९३ अतिविपन्न परिवारले राहत पाउनेछन् । नगरपालिकामध्ये शंकरापुरमा…
काठमाडौँ: मधेश समुदायको एक प्रमुख चाढमध्यको एक महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको कार्यक्रम गर्दैन छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध…
काठमाडौं: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति मंगलबार घोषणा हुने कार्यक्रम रहेको छ । संघको अध्यक्षमा यसअघि नै नेपाल कृषि विकास बैंकका अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि औपचारिक घोषणा भने आज हुने छ । आज दिउँसो ४ बजे होटल र्याडिसनमा संघको साधारणसभाबाट सो को छिनोफानो हुनेछ । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने संघका कार्यकारी निर्देशक अनिल शर्माले पहिलोक्लिकलाई बताए। अनिल शर्मा यसअघि संघको उपाध्यक्ष थिए । …
काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।…
