Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
लन्डन; प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखले शिष्टाचार भेट गरेका छन् । लन्डनस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए। द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका छन् । उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् । प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रर्वद्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गरेको…
काठमाडौँ: कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाण शनिबार बिहान पशुपति मन्दिर पुगी आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरका छन्। उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरका हुन्। त्यस अवसरमा उनले पशुपतिनाथका पूजारीबाट अभिषेक ग्रहण गरेका थिए। पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायत मन्दिरको दर्शन गरे। दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाणले समय बिताएका थिए। दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार साँझ लन्डन आइपुगेका छन् । स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ’कोप २६’ भाग लिने सिलसिलामा शुक्रबार उनीसहितको टोली लन्डन आएका हुन् । बेलुका ८ बजे लन्डनको हिथ्रो विमानस्थल अवतरण गरेका प्रधानमन्त्री देउवालाई बेलायती संसद्मा नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष एवम् सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल लगायतले विमानस्थलको भिआइपी कक्षमा स्वागत गरेका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्न दूतावासका मिलिटरी एट्याची रत्न गोदार र समाजसेवी व्यवसायी रविजंग लामिछाने पनि विमानस्थल पुगेका थिए ।
काठमाडौँ: आज शनिबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ । आइतबार प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा…
काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल/मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम…
काठमाडौँ । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो । अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थक कडाइ गर्ने गर्ने निर्णय समिति बैठकमा भयो । कडाई गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था गर्ने, अध्यागन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ । त्यस्तै पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाच गर्ने पनि बैठकमा निर्ण भएको छ । त्यसका…
काठमाडौं: नेपाल टेलिकमले सोलुखुम्बु जिल्लामा अप्टिकल फाइबर लिंक स्थापना गरेको छ। लिंक स्थापना भएसँगै त्यहाँका सेवाग्राहीहरुले दिगो रुपमा दूरसंचार सेवा प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ। टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकसँग जोडेको हो जसका कारण सेवाको गुणस्तरमा थप वृद्धि हुने अपेक्षा टेलिकमको छ। समुद्री सतहबाट तीन हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई कात्तिक ११ गते १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडेको टेलिकमले जनाएको छ। रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा लामो समयदेखि त्यहाँका सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति एवम् गुणस्तरको सेवा उपलब्ध हुन सकेको थिएन। नयाँ अप्टिकल फाइबर लिंक…
काठमाडौँ: म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि दुई लाख जरिवाना गरिएको हो । सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ । कामपाले गत वर्षको तिहारमा गरेको अनुगमनका क्रममा पनि उक्त पसललाई सरसफाइ र म्याद सकिएको…
काठमाडौँ: नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवारदेखि आन्दोलन थाल्ने भएको छ। बारको शुक्रबार बसेको बैठकले आइतवारदेखि चरणवद्ध आन्दोलन थाल्ने भएको हो। नेपाल बारकी सदस्य अनिता गौतम पौडेलका अनुसार बारले आइतवारदेखि बुधबारसम्म चार दिन कालोपट्टी बाँधेर प्रदर्शन गर्ने भएको हो। बारले आन्दोलनका कार्यक्रम सुरु गर्दै प्रधानन्यायाधीश जबरालाई इजलास गठन गरेर कुनै मुद्दाको सुनुवाइ र फैसला नगर्न पनि भनेको छ। पौडेलका अनुसार जबराविरुद्धको आन्दोलन कडा बनाउने क्रममा आइतवारदेखि बुधबारसम्म एक घण्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय भएको हो। ‘त्यति गर्दा पनि नभएमा बारले थप आन्दोलनका कार्यक्रम थाल्नेछ’, उनले भनिन्, ‘अब विस्तारै दबाबमूलक कार्यक्रम बढाउँदै लैजाने कुरा भएको छ।’
काठमाडौँ: नेकपा एमालेले मंसिरमा हुन लागेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी गराउने निर्णय लिएको थियो। तर शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले त्यो संख्या ४ सयले बढाएर १९ सय ९९ कायम गरेको हो। एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बढेको ४ सय प्रतिनिधि भूगोलबाट आउने जानकारी दिएका छन्। ‘आजको बैठकमा प्रतिनिधित्व बढाउन सुझाव आएको थियो। त्यही सुझाव अनुसार अब प्रतिनिधिको संख्या १९९९ हुनेछ’, ज्ञवालीले भने, ‘महाधिवेशन प्रतिनिधिको संख्या करिब ४ सय निर्णय भएको छ।’ एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा पनि दुईजना नेतालाई थपेर २३ सदस्यीय बनाएको छ।…
