Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेको छ । प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । सबस्टेसन डुबानमा परेपछि अहिले त्यहाँबाट विद्युत आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘बाढी पसेर सबस्टेसन डुबानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १ का जिल्लाहरुमा ब्ल्याक आउट भएको छ,’ उनले भने । ‘सबस्टेसनको नियन्त्रण कक्ष डुबानमा परेको छ, अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको…

Read More

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्री स्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । अति कम विकसि देशहरुको लागि कोभिड १९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ । अति कम विकसित देशहरुको आपूर्ति व्यवस्था, कमजोर उत्पादक क्षमता, अपर्याप्त लगानी तथा डिजिटल डिभाइड (अर्थात डिजिटल प्रविधिको पहुँच नहुन)ु जस्ता बहुआयामिक चुनौतीहरु…

Read More

काठमाडौँ: खड्का–वाङ टेलिफोन वार्ता, चीनले थप २० लाख डोज खोप अनुदान दिने परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टेलिफोन कुराकानी भएको पुष्टि गरिन्। लम्सालका अनुसार विदेशमन्त्री वाङले थप २० लाख डोज खोप चीनले नेपाललाई अनुदान दिने जानकारी मन्त्री खडकालाई गराएका छन्।

Read More

काठमाडौँ: सार्वजनिक खरिद ऐन २०६३ मा समसामयिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ। सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थ मन्त्रालयमा मंगलबार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानुन, भौतिक पूर्वाधार, सहरी विकास, उर्जा, वन, भूमि व्यवस्था मन्त्रालयलगायतका प्रतिनिधिहरू सदस्य रहनेछन्। कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावली, बोलपत्र सम्बन्धी कागजात, निर्माण व्यवसायी महासंघसहित विभिन्न निकाय तथा विज्ञहरूबाट प्राप्त सुझावहरूको अध्ययन गरी १५ दिनभित्र मस्यौदा पेश गर्नेछ। सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनमा…

Read More

काठमाडौँ: बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुशल छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसेका छन्। गाउँ पहिराेको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १४० पीसीआर परीक्षणमा ९५७ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो । यो सँगै पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिनेको संख्या ८ लाख ६५ हजार १७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेको छ । १ हजार ७७६ एन्टिजेन परीक्षणमा १३९ मा कोरोना देखिएको छ । पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ९ हजार ९१६ परीक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १…

Read More

काठमाडौँ: मंगलबार सेयर बजारको परिसूचक नेप्से ७७.३३ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक २५१० अंकमा कायम भएको छ । यसअघि हिजो सोमबार ६९ अंकले घटेको थियो । यस दिन ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो २ अर्ब ९६ करोडको कारोबार भएको थियो । यस दिन सबै समूहमा गिरावट आएको छ । बैंकिङ ५१, विकास बैंक १९४, फाइनान्स ११२, होटल तथा पर्यटन ८८, जलविद्युत ११७, लगानी २, जीवन बीमा ४२८, उत्पादन १७५, माइक्रोफाइनान्स १३५, निर्जीवन बीमा ३१४, अन्य ३३ र ब्यापार समूह ५१ अंकले घटे । ७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८…

Read More

काठमाडौं: लगातारको वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको हो भने एक/एक जना घाइते भएका हुन् । अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ । यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा आएको बाढीबाट प्रभावित भएकालाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको छ । वर्षाका कारण भएको डुबानबाट हजारौं हेक्टरमा लगाइएको धान तथा अन्य बाली नष्ट भएको छ भने खेतीयोग्य जमिन बाढीले कटान गरेको छ । त्यसबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाणलाई निर्देशन दिएको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जनाएका छन् । यसैबीच, सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण कृषिमा भएको क्षतिको बारेमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका निकायलाई…

Read More

सुर्खेत: सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो । घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।

Read More