Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको बताए । मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने उनले जानकारी दिए । यससंगै अव नेपाली राजनीतिले नयाँ मोड लिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको माग सम्बोधन गरेसंगै जसपा अव सरकारलाई साथ् दिन्छ वा उपेन्द्र-बाबुरामसहितको नेताबीच मतभेद बढ्ने आंकलन गरिएको छ। महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको…

Read More

काठमाडौँ — सरकारले मधेस आन्दोलनका १५ मुद्दाका १२० जना अभियुक्तका मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को यसअघिको बैठकले जनता समाजवादी पार्टीसँगको वार्तापछि १ सय २० जनाविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित बुधबारको पत्रकार सम्मेलनमा जसपाले उठाउँदै आएका मागका आधारमा मन्त्रिपरिषद्ले निर्णय लिएको र आगामी दिनमा पनि मुद्दा फिर्ता लिनेक्रम जारी रहने गुरुङले बताए । नेपाल सरकार वादी भई चलाएका मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका, २०७७ अनुसार मुद्दा फिर्ता लिइएको मन्त्री गुरुङको भनाइ थियो । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताविरुद्धका मुद्दा पनि फिर्ता हुने चरणमा…

Read More

काठमाडौं । सरकारले भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतलाई नेपाल भ्रमणको निम्तो पठाउने भएको छ । वैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङ बुधबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको निर्णयमा दुवै पक्षको सहमतिअनुसार नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइने उल्लेख छ । गत वर्ष नोभेम्बरमा कोरोना महामारीकै बीचमा भारतीय सेनाका प्रमुख एमएम नरवणेले नेपालको भ्रमण गरेका थिए ।

Read More

पोखरा: गण्डकी प्रदेश सभाको विशेष अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्। राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाही अज्ञात भएको र सदनमा उपस्थित हुन नसक्दासम्म संसद बैठक स्थगित गर्न माग गरेको भन्दै पोखरेलले अधिवेसन स्थगित गरेको बताएका छन्। यसअघि संसद चलिरहेकै अवस्थामा जनमोर्चाका प्रमुख पियारी थापाले संसद सचिवालयमा निवेदन दिँदै बैठक स्थगित गर्न माग गरेकी थिइन्। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ल्याएको अविश्वासको प्रस्ताव माथि प्रदेश सभामा छलफल भइरहेको छ ।…

Read More

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् । कहाँ कति कोरोना…

Read More

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् । ‘हामीले नर्मल बिरामीलाई भर्ना लिएकै छैनौं,’ डा. राजन पाण्डेले भने, ‘बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन ।’ अस्पतालमा कोभिड बिरामीका लागि २ सय बेड बनाइएको छ । वार्डका कुनाकाप्चामा समेत बेड थपेर बिरामीको उपचार भइरहेको छ । ‘सामग्रीको अभाव त खासै छैन । प्रमुख कुरा जनशक्ति अभाव हो,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले भने, ‘महामारी सुरु भएदेखि नै कम जनशक्ति अनि स्रोतसाधनको अभावका बीच स्वास्थ्यकर्मीले काम गर्न छाडेका छैनन् ।’ अस्पतालमा हाल…

Read More

काठमाडौँ: कोरोनाको जोखिम बढेसँगै नेपाल उद्योग वाणिज्य महासंघले संकटका बेला अनावश्यक सञ्चिति र मूल्यवृद्धि नगरी सर्वसाधारणलाई सेवा प्रदान गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ । आवश्यक सामग्रीको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायी निरन्तर क्रियाशील रहेको जनाउँदै महासंघले आमउपभोक्तालाई पनि अनावश्यक खाद्यान्न सञ्चय नगर्न भनेको छ । निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई राहतको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ । रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनामा संलग्न गराई कामसँगै राहत उपलब्ध गराउन सकिने महासंघको धारणा छ । महासंघले मंगलवार जारी गरेको अपिलमा सरकार, निजी क्षेत्रसहित सवैको अहिलेको प्रमुख दायित्व संक्रमणलाई फैलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको उल्लेख छ । ‘जनताको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य संकट गरिरिएर अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका छन् । राष्ट्र बैंकको ६५औ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले महामारीको अवधिमा विभिन्न नीतिगत प्रयासका कारण पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको अर्थतन्त्र कोभिड–१९ अझै रहेकाले जोखिम कायम रहेको टिप्पणी गरे । ‘बन्दाबन्दी हटेको थियो । कोभिड–१९ विरुद्ध खोप लगाउने कामसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्य अवस्थामा फर्कन थाल्दै थियो,’ उनले भने, ‘तर छिमेकी देशसँगै नेपालमा पनि संक्रमण दर र जोखिम बढ्दै गएकाले अर्थतन्त्र यसबाट अझ पनि प्रभावित हुने जोखिम कायमै छ ।’ त्यसकारण मौद्रिक नीतिमार्फत अघि सारिएका पुनरुत्थान लक्षित राहत…

Read More

काठमाडौं: निजी प्रयोगशालाहरूले कोरोनाको पीसीआर परीक्षण गर्दा सरकारले तोकेभन्दा बढी शूल्क लिने गरेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पीसीआर परीक्षणका नाममा नीजि प्रयोगशालाहरूले थप रकम असुल्ने गरेको गुनासो मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले त्यस्ता प्रयोगशालालाई तोकिए भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ । सरकारले कोरोना सक्रमण पहिचान गर्न पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर, कतिपय अस्पताल तथा प्रयोगशालाले संक्रमण रोकथाम लगायतको बहानामा थप शुल्क लिने गरेको गुनासो आएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन सार्वजनिक सुचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार…

Read More

काठमाडौँ: सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ । यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ । यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ…

Read More