काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको बताए ।
मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने उनले जानकारी दिए । यससंगै अव नेपाली राजनीतिले नयाँ मोड लिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको माग सम्बोधन गरेसंगै जसपा अव सरकारलाई साथ् दिन्छ वा उपेन्द्र-बाबुरामसहितको नेताबीच मतभेद बढ्ने आंकलन गरिएको छ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता गुरुङले बताए। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए।