Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 28
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोरोनाले अर्थतन्त्र थप जोखिममा, पुनरुत्थान लक्षित कार्यक्रमलाई निरन्तरता दिइने

    कोरोनाले अर्थतन्त्र थप जोखिममा, पुनरुत्थान लक्षित कार्यक्रमलाई निरन्तरता दिइने

    पहिलोक्लिकपहिलोक्लिकApril 28, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य संकट गरिरिएर अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका छन् ।

    राष्ट्र बैंकको ६५औ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले महामारीको अवधिमा विभिन्न नीतिगत प्रयासका कारण पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको अर्थतन्त्र कोभिड–१९ अझै रहेकाले जोखिम कायम रहेको टिप्पणी गरे ।

    ‘बन्दाबन्दी हटेको थियो । कोभिड–१९ विरुद्ध खोप लगाउने कामसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्य अवस्थामा फर्कन थाल्दै थियो,’ उनले भने, ‘तर छिमेकी देशसँगै नेपालमा पनि संक्रमण दर र जोखिम बढ्दै गएकाले अर्थतन्त्र यसबाट अझ पनि प्रभावित हुने जोखिम कायमै छ ।’ त्यसकारण मौद्रिक नीतिमार्फत अघि सारिएका पुनरुत्थान लक्षित राहत कार्यक्रमले निरन्तरता पाउने उनको घोषणा छ ।

    ‘कोभिड–१९ को संक्रमणबीच नेपाल राष्ट्र बैंकले जारी गरेको २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको छ,’ उनले भने, ‘असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैरपरम्परागत, लचिलो एवम् सहजीकरणसहितका नीतिगत व्यवस्थालाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सृजना नहुने गरी निरन्तरता दिइनेछ ।’

    कोभिड–१९ का कारण खुम्चिएको अर्थतन्त्रको पुनरुत्थानका लागि राष्ट्र बैंकले लिएको नीतिगत कदमको समीक्षा गर्दै उनले मौद्रिक नीतिमार्फत कर्जाको ब्याजदर कम हुने उपाय लागू गरिएको दाबी गरे । कोभिड प्रभावका कारण गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि नकारात्मक रहे पनि चालु आर्थिक वर्ष आर्थिक वृद्धिमा सुधार हुने उनको भनाइ छ ।

    ‘यस वर्ष धानबाली लगाइएको क्षेत्रफलमा १ प्रतिशत र यसको उत्पादनमा भने १.२८ प्रतिशतले वृद्धि भएको छ । मकै र गहुँको उत्पादनमा पनि वृद्धि भएको अनुमान छ,’ उनले भने, ‘आयातको वृद्धिका कारण थोक तथा खुद्रा व्यापार क्षेत्रमा सुधार आएको छ । बैंक तथा वित्तीय क्षेत्रको निक्षेप परिचालन तथा कर्जा प्रवाहमा आएको विस्तार आदिका कारण सेवा क्षेत्रको आर्थिक वृद्धिमा पनि केही सुधार हुने देखिन्छ ।’

    कोभिड–१९ को नकारात्मक असरका बाबजुद पनि अर्थतन्त्रको बाह्य क्षेत्र सुदृढ रहेको उनको टिप्पणी छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवस्था गरेबमोजिम हालसम्म १ खर्ब ४२ अर्ब १७ करोड पुनर्कर्जा स्वीकृत गरिएको उनले बताए ।

    चैत मसान्तसम्म सरकारको कुल आन्तरिक ऋण दायित्व ६ खर्ब ९७ अर्ब ४२ करोड १२ लाख पुगेको गभर्नर अधिकारीको भनाइ छ । त्यसमध्ये ट्रेजरी बिलमा २ खर्ब १८ अर्ब ४९ करोड ४१ लाख, विकास ऋणपत्रमा ४ खर्ब ७३ अर्ब ९४ करोड ७० लाख, नागरिक बचतपत्रमा ४ अर्ब ६४ करोड २० लाख र वैदेशिक रोजगार बचतपत्रमा ३३ करोड ८२ लाख छ ।

    चालु आर्थिक वर्षमा २ खर्ब २५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने सरकारको लक्ष्य रहेकोमा चैत मसान्तसम्म ट्रेजरी बिलबाट २० अर्ब ५० करोड, विकास ऋणपत्रबाट ९० अर्ब, नागरिक बचतपत्रबाट २ अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट १ करोड ५३ लाख गरी १ अर्ब १२ अर्ब ५१ करोड ५३ लाख आन्तरिक ऋण परिचालन गरिएको अधिकारीले बताए ।

    २०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म २५ अर्ब १५ करोड बराबरको स्वपुँजी प्रत्यक्ष वैदेशिक लगानीबापतको विदेशी मुद्रा भित्र्याउन स्वीकृति प्रदान गरिएको उनलेल जानकारी दिए । यही अवधिमा ७५ अर्बबराबरको विदेशी मुद्रामा ऋणस्वरूप भित्र्याउन अनुमति प्रदान गरिएको, १७ अर्ब ६६ करोडबराबरको पुँजीस्वरूपको विदेशी लगानी र १५ अर्ब २९ करोडबराबरको ऋणस्वरूप भित्रिएको विदेशी लगानी स्वीकृत भएको उनले बताए ।

    यही अवधिमा प्रत्यक्ष विदेशी लगानी फिर्ता, ऋणमार्फत भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको साँवाब्याज भुक्तानी र लगानीको लाभांश तथा प्रविधि हस्तान्तरणबापत् समेत गरी ४० अर्ब १३ करोड रुपैयाँबराबर विदेशी मुद्राको सटही स्वीकृत गरिएको अधिकारीले जनाए ।

    Facebook Comments Box

    अर्थतन्त्र थप जोखिममा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.