Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पूर्वका ३ जिल्लामा आज बाढीको जोखिम
- आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पूँजी बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १८ दशमलब ०४ अंकले घटेर एक हजार २३८ दशमलब ६७ अंकमा पुगेर बजार बन्द भएको छ । आइतबार नेप्से १० दशमलब ४७ अंकले घटेको थियो । आजको कारोवारमा उत्पादन मूलक समूह बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक ७१ दशमलब ७३ अंक र जीवन बीमा समूहको परिसूच ७८ दशमलब ५६ अंकले घटेको छ भने बाणिज्य बैंक १९ दशमलब ८५ अंक, विकास बैंक २९ दशमलब ७३ अंक र जलबिधुत ८ दशमलब ९१ अंकले घटेको छ । त्यसैगरी, होटल १८ दशमलब २६…
वीरगञ्ज: नेपालीको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी टोल, भिस्वालगायतका सीमा नाकाका सुरक्षाकर्मीलाई अवाञ्छनीय गतिविधि तथा शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए। चाडपर्वको बेला भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैँक, वित्तीय संस्था जस्ता ठाउँमा प्रहरीले विशेष निगरानी राखेको छ । साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
काठमाडौँ :बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले २० तथा ऋत गौतमले १० रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई १३१ रनमा समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ४ विकेट लिए भने कैस अहमद र अब्दुल रहमानले दुई दुई विकेट झारे । समूह ‘ए’ मा…
भक्तपुर : भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहँुदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४÷०७५ मा ५१ लाख रुपैयाँमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएपछि दुई नगरपालिकाबीच पर्यटन शुल्कका विषयमा विवाद हुँदै आएको थियो । चाँगुनारायण नगरपालिकाले आव २०७५÷०७६ को लागि रुतीन करोड २५ लाख रुपैयाँमा ठेक्का दिएपछि चाँगुनारायण नगरपालिका–६ तेलकोट र वडा नम्बर ८ को कलमसीमा बसेर पर्यटकसँग शुल्क लिँदै आएका छन्…
विराटनगर: विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया एवम् सुझाव सङ्कलन कार्यक्रमका सहभागी सरोकारवालाले सबै किसिमले विराटनगर नै प्रदेश नं १ को स्थायी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेका छन् । सहभागीले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नभएको बताए । नेपाली काङ्ग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले…
काठमाडौँ: सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए। उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ।’ अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको छ। दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ। सरकारले आफ्ना…
काठमाडौँ: राष्ट्रिय अपाङ्गमहासङ्घ नेपालले चन्द्रागिरि हिल्सलाई पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमकावीच माननीय महिलाबाल–बालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेकी हुन् । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ । पहुँचयुक्तता प्रवद्र्धन गर्ने¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथाव्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदानगरिएको…
काठमाडौँ: सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सईटमाथि बन्देज लगाएको छ । सुचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उदेश्यले यस्ता साइट पुर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो । मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लार्य टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएके हो । उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाईएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
काठमाडौँ: सडक विस्तारमा सहयोग गर्ने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले सोमबार बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार सोमबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म करीब सात घण्टा विद्युत् कटौती गर्न लागिएको छ । वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म विस्तार भइरहेको सडकका पोल स्थानान्तरण गर्न बालाजु वितरण केन्द्रले सो क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो । प्रमुख रेग्मीका अनुसार बालाजु–धर्मस्थली र बालाजु–नागार्जुन फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । बालाजु–धर्मस्थली फिडरको आपूर्ति बन्द हुँदा पुरानो गुह्ेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रेदेउरालीलगायत स्थानकोसमेत विद्युत् अवरुद्ध…
काठमाडौँ: दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् । बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ । घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटारलगायतका गन्तब्यमा दुईसाता अघिनै टिकट सकिएको वायु सेवा कम्पनीको भनाई छ । यती एयरलाइन्सको…