काठमाडौँ: राष्ट्रिय अपाङ्गमहासङ्घ नेपालले चन्द्रागिरि हिल्सलाई पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमकावीच माननीय महिलाबाल–बालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेकी हुन् ।
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ ।
पहुँचयुक्तता प्रवद्र्धन गर्ने¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथाव्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदानगरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्गमहासंघले जनाएको छ ।
राष्ट्रिय अपाङ्गमहासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्यतीन संघ–संस्था सम्मानित भएका छन् ।
