काठमाडौँ: पूँजी बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १८ दशमलब ०४ अंकले घटेर एक हजार २३८ दशमलब ६७ अंकमा पुगेर बजार बन्द भएको छ ।
आइतबार नेप्से १० दशमलब ४७ अंकले घटेको थियो ।
आजको कारोवारमा उत्पादन मूलक समूह बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ ।
निर्जीवन बीमा समूहको परिसूचक ७१ दशमलब ७३ अंक र जीवन बीमा समूहको परिसूच ७८ दशमलब ५६ अंकले घटेको छ भने बाणिज्य बैंक १९ दशमलब ८५ अंक, विकास बैंक २९ दशमलब ७३ अंक र जलबिधुत ८ दशमलब ९१ अंकले घटेको छ ।
त्यसैगरी, होटल १८ दशमलब २६ अंक, बित्त १ दशमलब ५९ अंक र लघुवित्त १८ दशमलब ७२ अंक अंकले घटेको छ ।
यधपी, उत्पादन मूलक समूहको परिसूचक २६ दशमलब ८ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ५ हजार ७९३ कारोबारबाट ५३ करोड ९३ लाख २८ हजार ३८५ रुपैयाँ बराबरका १७ लाख ६० हजार ६०७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आइतबार नेप्सेमा १६६ कम्पनीहरुको ५ हजार ७५४ कारोबारबाट ५८ करोड २२ लाख ५० हजार ८२८ रुपैयाँ बराबरका २० लाख ८२ हजार ९२० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।