Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भीमदत्तनगर: निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिका निर्मलाका स्कूले साथी हुन् । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो । यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत…

Read More

काठमाडौँ: बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले द्वन्द्वमा बेपत्ता भएका १२ व्यक्ति घर फर्किएका जनाएको छ । आयोगले विस्तृत अध्ययनका लागि उजुरी छानबिनका क्रममा घर फर्किएका पाएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गङ्गा मण्डल, वर्दियाका धनबहादुर खड्का, चितवनका गङ्गाधर तिमिल्सिना र ओखलढुङ्गाका गोपी भट्टराई रहेका छन् । त्यसैगरी, इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कुँवर घर फर्किएका हुन् । आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत अध्ययनका लागि फारम भर्ने क्रममा १२ जना व्यक्ति घर फर्केको भेटिएको जानकारी दिए । उनले…

Read More

काठमाडौँ: स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलन आयोजनाको अवसर पाएको छ । “शान्त, समृद्ध र दिगोपनाउन्मुख बङ्गालको खाडीको क्षेत्र” भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एंव सरकार प्रमुखले आफ्नो उद्घाटनसत्रको सम्बोधनका क्रममा नेपाल सरकार एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई आभार व्यक्त गरे । सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सम्मेलनमा सहभागी विशिष्ट पाहुना यो शिखर सम्मेलनमा पहिलो पटक सहभागी भएका छन्। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो लागि बिम्स्टेक शिखर सम्मेलन पहिलो भएको भन्दै यसलाई सदुपयोग…

Read More

काठमाडौँ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताएका छन् । यहाँ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य दिँदै उनले हिमालय पर्वत शृङ्खला र हिन्द महासागरबीचको बङ्गालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व राख्छ भने । बिम्स्टेकमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् । प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हो । “भारतको ‘छिमेकी पहिलो’ प्राथमिकताको नीति यसै क्षेत्रका लागि हो”, उनले भने, “हामी सबै विकासशील देश हौँ, शान्ति र समृद्धि सबैको प्राथमिकता…

Read More

काठमाडौँ, : नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ । कोष सञ्चालक समितिको हिजो बुधबारको बैठकले अर्याललाई सो जिम्मेवारी दिएको हो । नेपाल व्यवस्थापन सङ्घ (म्यान)को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । कोषमा उनी अनुभवी व्यक्तित्वका रुपमा परिचित छन । अर्याल वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक हुन ।

Read More

काठमाडौँ ः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताए । आज राजधानीमा आयोजित विशेष समारोहमा चौथो बिम्स्टेक शिखर सम्मेलनको शुभारम्भ गर्दै उनले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई बुद्ध र सगरमाथाको देशमा न्यानो अभिवादनका साथ स्वागत गरे । विश्वको कूल जनसङ्ख्याको २२ प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने बङ्गालको खाडी क्षेत्रका राष्ट्रका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्त, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएको बताए । सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रमा समृद्ध प्राकृतिक सम्पदा र क्रियाशील जनसङ्ख्याबाट सिर्जना हुने अनगिन्ती…

Read More

काठमाडौँ: साताको अन्तिम दिन बिहिबार पूँजी बजारमा झन्डै दोहोरो अंकको सुधार आएको छ । सेयर बजार परिसूचक (नेप्से) ९ दशमलब ३९ अंकले बढेर एक हजार १८१ दशमलब ६९ अंकमा पुगेको छ । नेप्से आइतबार २ दशमलब ७८ अंकले र बुधबार ४ दशमलब ७९ अंकले घटेको थियो भने मंगलबार एक दशमलब ३७ अंकले बढेको थियो । आजको कारोबारमा होटल बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ६२ दशमलब ४६ अंक, जीवन बीमा २६ दशमलब २१ अंक र लघुवित्त समूहको परिसूचक १४ दशमलब ०३ अंकले बढेको छ । त्यसैगरी, बाणिज्य बैंक समूहको परिसूचकमा ९ दशमलब…

Read More

काठमाडौँ: मलेसियामा जारी एसीसी एसिया कप छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपालले हार व्यहोरेको छ । मेलिसियाको किनारा ओभल्समा खेलाइएको खेलमा युएईले नेपाललाई ७८ रनले पराजित गरेको हो । युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल कूल १७६ रन बनाएर ४८.५ बलमा अल आउट भएका थिए । नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनायो । कप्तान पारसको यो निर्णय गलत साबित हुनपुग्यो । युएईका ओपनरले अर्धशतीयक साझेदारी गर्दै टोलीलाई राम्रो शुरुवात दिलाए । नेपालका लागि सर्वाधिक सुबाश खकुरेलले…

Read More

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न. ६ चैनपुर बजारमा १३६ औं एटीएम मेसीन संचालनमा ल्याएको छ । उक्त एटीएम मेसीनको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । श्रेष्ठले रावा बैंकले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई छिटो छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताए । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३६ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेकोे…

Read More

काठमाडौँ: जनता बैंक नेपाल लिमिटेडले नजिकिंदै गरेको दशैंसम्ममा सबै स्थानीय तहमा आफ्नो सेवा पुग्ने जनाएको छ । बैंकलाई तोकिएको स्थानीय तह मध्ये शाखा बिस्तार हुन बाँकी रहेका पाँचवटा स्थानीय तहमा आफ्नो कार्यालय स्थापना गरी आउँदो दशैंसम्म सेवा पुर्याउने लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले पहिलोक्लिकलाई जानकारी दिए । शाखा विस्तार हुन बाँकी रहेका हुम्लामा तीन वटा, संखुवासभा र दार्चुलामा एक एक वटा स्थानमा शाखा बिस्तारको काम अघि बढिसकेको तर वर्षाका कारण सामान ढुवानीमा समस्या हुँदा काममा केहि ढिलाई भएको उनको भनाई छ। “यी पाँच स्थानमा शाखा विस्तार भएपछी हाम्रो भागको स्थानीय तहमा शाखा विस्तारको सबै काम पूरा…

Read More