Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सात सय ५० मेगावाटको पश्चिम-सेती जलविद्युत् आयोजनाबटा अन्तत: चिनियाँ कम्पनी थ्रीगर्जेजले रद्ध गरेको छ । चिनियाँ कम्पनी थ्रीगर्जेजले ६ वर्ष सो परियोजना गर्ने भन्दै हाल आएर नगर्ने जनाएको हो । यसअघि अष्ट्रेलियाले १६ वर्ष ओगटेर सोहि परियोजना छोडेर भागेको थियो । आयोजना निर्माणका विषयमा सहमति खोज्न लगानी बोर्ड र चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यू इन्भेस्टमेन्टका अधिकारीबीच राजधानीमा दुई दिन वार्ता भएको थियो । आयोजना निर्माणका विषयमा समझदारी भएको लामो समय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्योलता बढेको थियो । द्विपक्षीय वार्ताका लागि चिनियाँ अधिकारी सोमबार यहाँ आएका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले…
काठमाडौँ : सडकका खाल्डाखुल्डी मर्मतसहित विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नभएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन समेत निर्देशन दिएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । सो कार्यालयले हिजो मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम…
काठमाडौंः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, न्यूरोड शाखामा कार्यरत वरिष्ठ र कनिष्ठ सुन जाँचकर्ताहरु तथा सुन ऋणीहरुको मिलेमतोमा धितो वापत राखिएको सुन चलाएको अभियोगमा बैंकका कर्मचारीसहित पाँच जना पक्राउ परेका छन । सुन ऋण चुक्ता नहुदै फिर्ता दिने तथा अपुग सुन समेत राखि विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा सात किलो २८ ग्राम बराबरको सुन अपुग हुन गई बैकलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ ५२ पैसा बैंकिङ प्रकृया विपरित हानीनोक्सानी पुर्याएको आरोपमा उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा सो बैकका वरिष्ठ सुन जाँचकर्ता भक्तपुर खोमावहाल भई हाल काठमाडौ २५, बस्ने वर्ष २६ का सामिन…
काठमाडौँ: पूँजी बजारमा आज पुन गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) ४ दशमलब ७९ अंकले घटेर एक हजार १७२ दशमलब ३० अंकमा झरेको छ । आइतबार नेप्से २ दशमलब ७८ अंकले घटेको थियो मंगलबार एक दशमलब ३७ अंकले बढेको थियो । आजको कारोबारमा सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३८ दशमलब १८ अंक, निर्जिबन बीमा २८ दशमलब ४ अंक र उत्पादन मूलक समूहको परिसूचक १७ दशमलब ०६ अंकले घटेका छन् । त्यसैगरी, लघुवित्त ९ दशमलब ६३ अंक, विकास बैंक ७ दशमलब ९७ अंक, बाणिज्य बैंक २ दशमलब ४८ अंकले घटेको…
काठमाडौं । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले हारेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर १२ बल बाँकि छदै भेट्टाएको हो ।
जकार्ता: नेपाली खेलाडीहरुलाई एसियन गेम्समा पदकको खडेरी लागिरहेको अवस्थामा नेपालका टिम इभेन्ट अन्तर्गत प्याराग्लाइडिङमा रजत पदक हात पार्न सफल भएको छ । नेपलाली प्याराग्लाइडिङको टोलिमा युकेश गुरुङ, बिमल अधिकारी, बिजय गौतम, सुशील गुरुङ र बिशाल थापा रहेका छन् । नेपालले जम्मा २७ पोइन्ट प्राप्त गर्दै सो पदक हात पारेको हो । स्वर्ण पदक भने जापानी टोलिले हात परेको छ । यो नेपालको एसियन गेम्समा पछिल्लो दुई संस्कारण पछिको सफलता हो । यो नेपालको इतिहाँसमै एसियन गेम्सका लागि पनि दोश्रो रजत पदक हो । यसअघि नेपाललाई सबिता राज भण्डारीले बैंककमा भएको खेलमा रजत दिलाएकी थिइन् । नेपालले एसियन गेम्समा पदक जितेको…
चितवन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए । आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना÷साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो÷छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उनले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।” अध्यक्ष दाहालको भनाइ थियो “पाँच÷सातवटा पुल एउटै ठेकेदारलाई…
काठमाडौँ: एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमनसामु २२१ रनको चनौती पेश गरेको छ । नेपालका लागि सगर पुनले सर्वाधिक ८३ रनको साझेदारी गरे । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान राजधानी आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। विशिष्ट पाहुना वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । उहाँलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि स्वागत गरेका थिए ।
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक शुरु भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् । त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ । बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व…