Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौ‌: नेपालमा पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४०७ जनाको पीसीआर परीक्षणमा ३८७ र १ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४७४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

काठमाडौँ: नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक संगठित सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक संगठित सदस्यबाट कम्तिमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले जानकारी दिए । हाल पार्टीमा ७ लाख ३० हजार संगठित सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोड भन्दा बढी जम्मा हुने उनले बताए । बैठकमा महाधिवेशन उपसमितिहरुले पेश गरेको कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको भट्टराईले जानकारी दिए । महाधिवेशनको उद्घाटन मध्यान्ह…

Read More

काठमाडौँ: लोकसेवा आयोगले बुधबार एक सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका आठौ र सातौ तहका पदमा जागिर खुलाएको हो । आयोगका अनुसार स्वास्थ्यका ७ औँ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान गरिएको हो । माग गरिएअनुसार कर्मचारी खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धा मार्फत उक्त पदपूर्ति गरिने लोक सेवा आयोगले बताएको छ । लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदका लागि कर्मचारीको माग गर्दै…

Read More

काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन् । सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको नेता सिंह बताए । गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र औचित्य नरहेको बताए। ‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधि विपरीत पनि हुन्छ,’ सिंहले भने। गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए । ‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने। उच्चस्तरीय राजनीतिक समिति वा…

Read More

मकवानपुर: मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा जनकपुरबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बसलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २ ०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राती १२ः३० बजेको समय एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा बसमा सवार २ जना पुरुष यात्रुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बसमा सवार हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३० का २ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका…

Read More

एजेन्सी: पाकिस्तानी अधिकारवादी तथा नोबल शान्ति पुरस्कार विजेता मलाला युसूफजाइले विवाह गरेकी छिन्। २४ वर्षको उमेरमा उनले असर नामका युवासँग विवाह गरेकी हुन्। बेलायतको बर्मिङ्गममा विवाह सम्पन्न भएको उनले मंगलवार सामाजिक सञ्जालमा जानकारी दिएकी छिन्। किशोरीहरुको पढाईको अधिकारबारे आवाज उठाउँदै आएकी उनीविरुद्ध तालिवानले सन् २०१२ को अक्टोबरमा गोली प्रहार गरेका थिए। १५ वर्षीया उनको त्यतिबेला बेलायतमा उपचार गरिएको थियो। सन् २०१४ मा उनलाई नोबल शान्ति पुस्कार प्रदान गरिएको थियो।

Read More

काठमाडौं : प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए। विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका सिंहको २०५४ असोज २ गते निधन भएको हो। काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को…

Read More

काठमाडौं : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य…

Read More

काठमाडौँ: नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले वित्तीय बजारको आवश्यकता बुझी बैंकहरुलाई सोही अनुसार स्वस्थ र प्रतिस्पर्धी बनाउन संघले पहलकदमी गर्ने बताएका छन्। संघको अध्यक्षमा सर्वसम्मत चयन भएसँगै अध्यक्ष उपाध्यायले नयाँ कमिटीले अहिलेको बैकिङ क्षेत्रको समस्या समाधानमा काम गर्ने बताए। ३५ औं साधारणसभाबाट अध्यक्ष चयन भएका अध्यक्ष उपाध्यायले विगतको केही अवधिमा बैंकहरू ठूलो चुनौतीबाट गुज्रिएको र त्यसलाई व्यवस्थापन गर्न सफल भएको बताए। ‘चुनौतीहरूलाई व्यवस्थापन गर्ने अवसर पाएका छौं,’ उपाध्यायले भने, ‘कोभिडबाट बैंक, उद्योगी, कृषक सबै त्रसित हुँदा सबै परिवेशलाई कुशल व्यवस्थापन गर्न सक्षम भयौँ। यसमा राष्ट्र बैंकको भूमिका ठूलो छ र यसबीच उत्साहित ग्रोथ पनि भयो।’

Read More

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति नजुटेसम्म अमेरिकी परियोजना एमसीसी पास गर्न नहुने अडान लिएको छ। पेरिस डाँडामा मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको जानकारी प्रवक्ता कृष्णबहादुर महराले दिएका छन्। एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पत्र पठाएको कुरा आएका बेला माओवादीले यस्तो भनेको हो। बैठकमा एमसीसीबारेमा छलफल भएको बताउँदै महराले राष्ट्रिय सहमति भइ यो संसदबाट पास हुन नसक्ने निचोड निकालिएको उल्लेख गरे। त्यसैगरी विवादित बुँदाहरु संशोधन र परिमार्जन नभइ एमसीसी अगाडि नबढाउने कुरा बैठकमा भएको पनि उनले बताएका छन्। ‘एमसीसीबारे बाहिर जुन कन्फ्युजन भएको छ। हाम्रो पार्टी राष्ट्रिय सहमति नभइकन,…

Read More