एजेन्सी:
पाकिस्तानी अधिकारवादी तथा नोबल शान्ति पुरस्कार विजेता मलाला युसूफजाइले विवाह गरेकी छिन्। २४ वर्षको उमेरमा उनले असर नामका युवासँग विवाह गरेकी हुन्। बेलायतको बर्मिङ्गममा विवाह सम्पन्न भएको उनले मंगलवार सामाजिक सञ्जालमा जानकारी दिएकी छिन्।
किशोरीहरुको पढाईको अधिकारबारे आवाज उठाउँदै आएकी उनीविरुद्ध तालिवानले सन् २०१२ को अक्टोबरमा गोली प्रहार गरेका थिए। १५ वर्षीया उनको त्यतिबेला बेलायतमा उपचार गरिएको थियो। सन् २०१४ मा उनलाई नोबल शान्ति पुस्कार प्रदान गरिएको थियो।
Facebook Comments Box
