Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- विद्युत सेवा भरपर्दो बनाउन वितरण प्रणाली सुधार्न ऊर्जा मन्त्रीको निर्देशन
- आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
- नेपाललाई एडीबीको २५ अर्ब बढी सहुलियतपूर्ण ऋण
- ऊर्जामन्त्री श्रेष्ठका १०० दिन: नीतिगत सुधारदेखि ऊर्जा पूर्वाधार विस्तारसम्म
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा र आर्थिक कूटनीतिमा पहल
- सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन, हालसम्म ५० प्रतिशत भौतिक प्रगति
- डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
- पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लाग्दै गएको भन्दै निगमले नयाँ मूल्य समायोजन गरेको हो। सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल सबैमा समान १५ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ दरअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँमा कारोबार हुनेछ ।
काठमाडौँ: संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान रेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भए लगत्तै सचिवालयले सर्वदलीय बैठक बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहिबार दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सदन सुरु हुनु अगाडि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि, सरकारका मन्त्री र सचिवालयका अधिकारी सहभागी हुनेछन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
काठमाडौँ: आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरू हुनेछ। यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ चार…
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’को रूपमा चिनाउनेगरी अर्थतन्त्रको विकास गर्ने लक्ष्य रहेको बताएका छन् । मङ्गलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले देश बनाउने दृढ सङ्कल्पका साथ सरकार अघि बढेको र अर्थतन्त्रलाई मजबुत बनाउन निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको उल्लेख गरे। भेटका क्रममा अर्थमन्त्री वाग्लेले राज्यले उद्योगी र व्यवसायीहरूलाई स्वतन्त्र रूपमा फस्टाउने वातावरण र आवश्यक सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। ‘तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले दिन्छ, हामी देश बनाउने हुटहुटी बोकेर आएका छौँ,’ उनले भने, ‘अर्थतन्त्र बलियो बनाउन आउनुस् हातेमालो गरौँ।’ उनले इमानदार उद्योगीहरू कानुनका छिद्रका कारण बदनाम हुने वा…
काठमाडौँ: संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान रेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भए लगत्तै सचिवालयले सर्वदलीय बैठक बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहिबार दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सदन सुरु हुनु अगाडि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि, सरकारका मन्त्री र सचिवालयका अधिकारी सहभागी हुनेछन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
काठमाडौँ: नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ: जेनजी आन्दोलनताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । मंगलबार बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । बालेन्द्र शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो । यसअघि सरकारले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको…
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । छलफलका क्रममा महासंघको टोलीले नीतिगत सुधारका लागि महासंघकै आग्रह बमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पेश गरेका सुझावहरुलाई पनि सरकारले ग्रहण गरि कार्यान्वयन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो । सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले शुरुमै निजी क्षेत्रका धेरै माग सम्बोधन हुने गरि सुधारका काम अघि बढाएकोमा महासंघले स्वागत…
काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजनालाई स्वागत गर्दै ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ । इप्पानले आइतबार विज्ञप्ति जारी गर्दै ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया दिएको हो। संस्थाले कार्ययोजनामा समेटिएका कार्यक्रमहरूले निजी क्षेत्रका लगानीकर्तामा नयाँ उत्साह सञ्चार गरेको इपपान अध्यक्ष गणेश कार्की र महासचिव बलारम खतिवडाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । हाल देशको कुल विद्युत उत्पादन क्षमता करिब ४ हजार मेगावाट नाघेकोमा निजी क्षेत्रको योगदान करिब ३३५० मेगावाटभन्दा बढी रहेको इप्पानले जनाएको छ । त्यस्तै, निजी क्षेत्रबाट…
काठमाडौँ: सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ७५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७००…