Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आजै बसेको संसदीय दलको बैठकले अनुमोदन गरेको छ । अब कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको हो । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव कार्यसम्पादन र संसदीय दलको बैठकबाट पारित भएको सिटौलाको भनाइ छ । सोमबार…
काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रवक्ता जगन्नाथ खतिवडाले आज बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए । एकीकृत समाजवादीले सरकारमा सम्मानजनक शक्ति बाँडफाँड खोजेको छ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए। ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका प्रचण्डले १५ दिनमै विश्वासको मत लिन लागेका हुन्। प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले…
काठमाडौं: सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।
काठमाडौँ: प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सार्वजनिक गरेको नीतिगत कार्यक्रममा जनसरोकारका धेरै विषय समेटिएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिने प्रतिवद्धता जनाएका छन् । सोमबार सिंहदरवारमा आयोजित नीतिगत कार्यक्रम सार्वजनिक समारोहमा निजामति कर्मचारीहरुलाई पनि यसको कार्यन्वयनमा साथ दिन आग्रह गरे । ‘सरकारको मुलभूत ओरियन्टेसन के हुने भन्ने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ । त्यसकारण दुविधारहित ढंगले यसलाई कार्यान्वयन गरेर जानुको कुरामा र स्थायी सरकार हुनुको नाताले मुख्य सचिवदेखि कर्मचारीतन्त्रका सवै पदाधिकारी विशेष रुपले भन्न चाहान्छु’, प्रधानमन्त्रीले भने, ‘तपाईहरुको क्षमता र दक्षताप्रति पुरै विश्वास छ । तर राजनीतिक अस्थिरताका कारण त्यो क्षमताको सहि सदुपयोग हुन सकेको छैन कि भनेर अस्ति…
काठमाडौँ: बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए । हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली…
काठमाडौँ: साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। आइतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५७ स्टकको ७४ हजार ५४३ पटकको कारोबारमा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ।…
काठमाडौँ: सरकारले सवारी साधन नकिन्ने भएको छ। सोमबार सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा यस आर्थिक वर्षमा सवारी साधन नकिन्ने घोषणा गरेका हुन्। यस्तै, अनावश्यक रूपमा सार्वजनिक निकाय नखोल्ने पनि उनले बताए। सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यस आर्थिक वर्षका लागि सवारी साधन खरिदलगायत कार्यालय खर्च कटौती गर्ने,’ उनले भने, ‘विशेष अवस्थामा बाहेक चालु आर्थिक वर्षमा नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने निर्णय भएको छ।’ यस्तै, दोहोरो भूमिका भएका अनावश्यक रूपमा रहेका निकायलाई खारेज समेत गर्ने उनले बताए।
काठमाडौँ: इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाउने निर्णय गरेको हो । संघका अनुसार नयाँ भाडादर पुस २७ गतेदेखि लागू हुनेछ । संघको निर्णय अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै अर्थात ८८५ रुपैयाँले भाडा घटेको छ । योसँगै उक्त रुटको भाडा १६ हजार १४० कायम भएको छ । काठमाण्डौं सुर्खेत सेक्टरको हवाई भाडा ६९० रुपैयाँले घटेको छ भने काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुपैयाँले घटेको छ । काठमाण्डौं नेपालगञ्ज सेक्टरको ६५५ रुपैयाँले भाडा घटेको छ भने काठमाडौँ भद्रपुरको ६०० रुपैयाँले घटेको छ । काठमाण्डौं बिराटनगरको…
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका हुन्। मुख्यमन्त्री सँगै तीन जना मन्त्रीले पनि शपथ लिएका छन्। नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पंचराम गुरुङले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्। एमाले संसदीय दलको नेता रहेका खगराजलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थन रहेको छ।
