Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा १२ करोड रुपैयाँमा नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले बताए । यी दुई बाहेक अरु कुन स्थानमा आकाशे पुलको खाँचो छ भन्ने अध्ययन भइरहेको छ । उनले भने, “माइतीघर र चाबहिलपछि अरु स्थानमा पनि त्यस्तो पुल निर्माण गरिनेछ ।” पहिलो चरणमा यी दुई स्थानमा आकाशे पुल निर्माण गरिने छ । अन्य स्थानमा आवश्यकता हेरी निर्णयको तयारी भइरहेको…
जनकपुरधाम: आस्थाको महापर्व छठ अन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतीहरूले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङ्गको गर्भमै पाक्ने पवित्र अन्न)को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई…
काठमाडौँ: उपचार गर्न हिंडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन्। प्रदेश छाडी देशभित्रै पनि हिंडडुल गर्न संघीय सरकारको अनुमति लिंपुरने नियम छ। कार्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषदसंग अनुमति लिएका छैनन्। उनको भ्रमणबारे जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। “निजी खर्चमा उपचार गर्न थाइल्याण्ड जान लागेको पत्रिकामा पढेको थिंए, परराष्ट्रका एक अधिकारिले भने, उपचारै गर्नका लागि परराष्ट्रलाई सोधिरहनु पर्दैन।” राईको मामिलामा मंत्रिपरिषद कार्यलयले त्यस्तो कुनै सिफारिश, निर्देशन वा बोधार्थ पत्र परराष्ट्रलाई दिएको छैन। यो खबर आजको कान्तिपुर दैनिकमा छ।
काठमाडौँ: पर्यटकीय क्षेत्र नगरकोटमा भ्यु-टावर निर्माणको प्रारम्भिक सर्भेका लागि चांगुनारायण नगरपालिका र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ। चाँगुनारायण नपाले नगरकोटमा साततले अत्याधुनिक भ्यु-टावर निर्माणका लागि चिनियाँ कम्पनी एजिलिटी इन्टरनेसनल होल्दिङ्गस लिमिटेडसंग सम्झौता (एमओयू) भएको हो। भ्यु-टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणीय अवस्थासम्बन्धि अध्ययन गर्ने नगरपालिकाले जनाएको छ। नगरपालिकाले चाँगुनारायण-६ नगरकोटको २० रोपनी क्षेत्रफलमा करिव २ अर्व रुपैयाँको लागतमा टावर निर्माण गर्ने योजना छ। टावरमा हिमाली तथा प्राकृतिक क्षेत्रको दृश्यावलोकनका साथै रिभल्बिंङ रेस्टुरेन्ट, तामाङ संस्कृति तथा अन्य जातजातिको पहिचान झल्कने म्युजियम, बिजनेस सेन्टर, स्विमिङ्ग पुलको व्यवस्था हुने गरि निर्माण गर्ने तयारी छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ। –––
गोरखा: गोरखामा आज साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आगलागीबाट १७ लाख क्षति गोरखाको गण्डकी गाउँपालिका–७ मा आज दिउँसो भएको आगलागीबाट रु १७ लाख बराबरको क्षति भएको छ । गण्डकी गाउँपालिकाको ज्यामिरे भन्ने स्थानमा स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको…
काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभएको हो । नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उहाँले बिपी र सुवर्ण शमशेरले स्थापना गर्नुभएको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति हो भन्नुभयो । सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा…
काठमाडौँ: राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिले गरेको अनुसन्धानमा मुलुकमा हालसम्म ३३९ वटा ऐन निर्माण भइसकेको तथ्याङ्क फेला पारेको छ । समितिका सभापति परशुराम मेघी गुरुङले उक्त समितिले यसअघि बनेका कानूनको औचित्य र आवश्यकता तथा नयाँ बन्ने कानूनबारे अनुसन्धानलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुभयो । कतिपय ऐन बनेको दशकौँ बितिसके पनि कार्यान्वयनमा नआएको समेत गरी मुलुकमा हालसम्म ३३९ ऐन बनेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएकोे उहाँले जानकारी दिनुभयो । सभापति गुरुङ्ले भन्नुभयो, “हामीलाई ऐन कति चाहिन्छ भन्नेबारे विज्ञसँगको छलफल र बहसका आधारमा टुङ्गोमा पुगिनेछ, विगतमा निर्वाचनका लागि मात्रै पनि पाँच÷सात वटा नियम र १५÷१६ वटा नियमावली बनाउने काम…
भक्तपु: महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित रु तीन लाख ८४ हजार २३० बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारवाही प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।
काठमाडौँ: नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष कृष्ण ढकाललाई विनाशर्त रिहाइ नगरिए आन्दोलन गर्न बाध्य हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले विभिन्न बहानामा नेविसङ्घका कार्यकर्तालाई पक्राउ गर्ने र जेलमा हाल्ने काम गरेकोप्रति विरोध जनाउनुभयो । नेविसङ्घले ढकालको पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द र कात्तिक २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।
बनियानी: अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’ मा बोल्दै अर्थमन्त्री डा खतिवडाले युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो । “शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन”, उहाँले भन्नुभयो, “योग्यताका आधारमा युवालाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था मिलाइएको छ ।” युवालाई व्यवसायी बनाउन सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई रु १० लाख, सीप भएका महिलालाई रु १५ लाख, दलितलाई रु १० लाखलगायतका आधा दर्जनभन्दा बढी सहुलियत व्याजदरमा ऋण दिने…