Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
शरद् शर्माकाठमाडौँ, २पुस(रासस) : कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो ।
लमजुङ, २ पुस (रासस) :जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१÷२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ ।
बेइजिङ: कोभिड–१९ का कारण राजधानी बेइजिङमा चिनियाँ सरकारी सञ्चारमाध्यमका दुई जना पूर्व पत्रकारहरुको मृत्यु भएको छ । सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको हो । पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ। चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन। अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो ।
काठमाडौँ: आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही हल्का वर्षा हुनुका साथै उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू-भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। साथै देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोसमेत बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।
काठमाडौँ: माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बताउनुभएको छ । ‘द राइजिङ नेपाल’ अङ्ग्रेजी दैनिक पत्रिकाको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ, केबल विज्ञापनको निमित्त मात्रै होइन, समाचारका निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपालले जनताको पत्रिकाका रुपमा विकसित गर्न सबैको ध्यान पुग्नुपर्छ ।”उहाँले राइजिङ नेपाललाई अझै विश्वसनीय र पठनीय पत्रिकाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले संसारभरि…
काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा रु चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस अवधिमा सरकारको पुँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारको पुँजीगत खर्च रु ३३ अर्ब ९९ करोड १६ लाख बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा रु तीन…
काठमाडौं: भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए । आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको छ । यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन । इन्धनको मूल्य नघटाउँदा निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन…
काठमाडौँ : तोकिएको समर्थन मूल्यमा सरकारले धान नकिनेको भन्दै अहिले किसान आन्दोलित छन् । तर धान खरिदको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने गुणस्तरीय धान खरिदका लागि अझै बेला नभएको जनाएको छ । धान काट्ने बित्तिकै किन्दा त्यसमा चिस्यानको मात्रा बढी हुने भएकाले ढिलो गरी मात्रै धान किन्न लागिएको खाद्य व्यवस्था कम्पनीको भनाइ छ । यसवर्ष ३० हजार २० मेट्रिक टन धान खरिद गर्ने खाद्य व्यवस्था कम्पनीको योजना छ । त्यसका लागि रु ९९ करोड बजेटसमेत छुट्याइएको छ । कम्पनीले पहिलो चरणमा २० हजार नौ सय मेट्रिक टन धान खरिदको योजना बनाएको छ । सोमध्ये हालसम्म १०…